default_image

4 years ago

November 22, 2021

आर्मी र पुलिसको बराबरी

322 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको विभागीय डर्वी भिडन्तको खेल बराबरीमा सकिएको छ । त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा पुलिसले सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा रोकिन पुग्यो । पुलिसका सन्तोष हेमरुनले गोल गर्दा आर्मीका वैकल्पिक मिडफिल्डर विवेक बस्नेतले बराबरी गोल फर्काए ।

खेलको दोस्रो मिनेटमा सन्तोष तामाङको फ्रिकिकलाई पुसिलका गोलरक्षक शत्रुघन कुमार चौधरीले पञ्च गर्दै बचाए । १०औं मिनेटमा जर्जप्रिन्स कार्कीको पेनाल्टी बक्सबाहिरको सशक्त प्रहार आकासिदा आर्मी अग्रता लिनबाट चुक्यो । १३औं मिनेटमा सन्तोष तामाङको क्रसमा कप्तान भरत खवासको हेडर पोस्ट नजिकैबाट बाहिरियो ।

४३औं मिनेटमा सेसेहाङ आङ्देम्वेको बक्स बाहिरको प्रहारलाई गोलरक्षक शत्रुघनले सहजै नियन्त्रणमा लिए । ४६औं मिनेटमा सन्तोष हेमरुनको क्रस प्रहारलाई आर्मीका गोलरक्षक विकेश कुथुले सहजै नियन्त्रणमा लिए । ५१औं मिनेटमा सन्तोष हेमरुनले गोल गर्दै पुलिसलाई १–० को अग्रता दिलाए । उनले तेज तामाङको फ्रिकिकलाई हेडरमार्फत सदुपयोग गरेका थिए । विकास तामाङले बुद्ध बल तामाङलाई फल गरेपछि पुलिसले फ्रिकिक पाएको थियो ।

६१औं मिनेटमा विवेक बस्नेतले गोल गर्दै आर्मीलाई १–१ गोलको बराबरीमा ल्याए । ५८औं मिनेटमा दिनेश हेन्जनको स्थानमा मैदान छिरेका विवेकले पेनाल्टी क्षेत्र बाहिरबाट गोल गरे । पुलिसका डिफेन्डरले क्लियर गर्न खोजेको बल सन्तोष तामाङलाई लाग्दै आएपछि विवेकले पहिलो टचमै उत्कृष्ट फिनिस गरेका थिए ।

लगत्तै ६२औं मिनेटमा सुदिल राईले सुवर्ण अवसर पाएपनि उनको प्रहार पहिलो बारबाट थोरै बाहिरिदा आर्मी अग्रता लिनबाट चुक्यो । ६३औं मिनेटमा बुद्ध बल तामाङको प्रहार दोस्रो बार च्याप्दै बाहिरिदा पुलिसले अग्रता लिन सकेन ।

८१औं मिनेटमा सुदिल राई र कप्तान भरत खवासको समन्वयमा बनेको मुभ सदुपयोग हुन सकेन । ८६औं मिनेटमा टेक बहादुर बुढाथोकीले गोल गरेपनि अफसाइड ठहरिदा आर्मी जितबाट वञ्चित बन्यो । बराबरीपछि दुवै टोलीको समान १ अंक भएको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.