default_image

4 years ago

November 22, 2021

एनआरटीविरुद्ध मच्छिन्द्रको अग्रता

152 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अघिल्लो सिजनको लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले न्युरोड टिम (एनआरटी) विरुद्ध पहिलो हाफमा अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थि दशरथ रंगशालामा सोमबार भएको खेलमा सुनिल बलको गोलबाट मच्छिन्द्रले पहिलो हाफमा १–० को अग्रता लिएको हो । उनले खेलको १२औं मिनेटमा गोल गरेका थिए । विशाल राईको चलाखीपुर्ण पासमा सुनिलले अफसाइड बिट ट्याप गर्दै दोस्रो बार च्याप्दै गोल गर्न सफल भएको थियो ।

लगत्तै १३औं मिनेटमा विशाल राईले आन्द्र थिएरी विइक विइकबाट बल खोस्दै पेनाल्टी बक्सबाहिरबाट वान भर्सेस वानकै अवस्थामा गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा मच्छिन्द्र अग्रता दोब्बर पार्नबाट चुक्यो ।

२२औं मिनेटमा सुनिल बलको प्रहारलाई एनआरटीका गोलरक्षक अजित प्रजापतिले पञ्च गर्दै बचाए । रिवाउन्डमा कप्तान सुजल श्रेष्ठको प्रहारलाई अफसाइड पोजिसनमा रहेका अभिषेक रिजालले टच गरिदिदा गोलले मान्यता पाएन ।

२६औं मिनेटमा स्टेफन विनोङको हेडर पासमा क्रिटिस रत्न छुन्जुको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा एनआरटी बराबरीबाट चुक्यो । दोस्रो हाफ केहीवेरमा सुरु हुनेछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.