4 years ago
November 22, 2021
काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड सुनिल बलको दुई गोल मद्दतमा अघिल्लो सिजनको लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले नयाँ सिजनको कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुआत गरेको छ ।

मच्छिन्द्रले न्युरोड टिम (एनआरटी) लाई २–१ ले परजित गर्दै विजयी सुरुआत गरेको हो । एनआरटीका एरिक विष्टले गोल गरेपनि टोलीले हार टार्न सकेन । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा सुनिल बलको गोलबाट मच्छिन्द्रले खेलको १२औं मिनेटमा अग्रता लिएको थियो ।
विशाल राईको चलाखीपुर्ण पासमा सुनिलले अफसाइड बिट ट्याप गर्दै दोस्रो बार च्याप्दै गोल गर्न सफल भएका थिए । लगत्तै १३औं मिनेटमा विशाल राईले आन्द्र थिएरी विइक विइकबाट बल खोस्दै पेनाल्टी बक्सबाहिरबाट वान भर्सेस वानकै अवस्थामा गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा मच्छिन्द्र अग्रता दोब्बर पार्नबाट चुक्यो ।

२२औं मिनेटमा सुनिल बलको प्रहारलाई एनआरटीका गोलरक्षक अजित प्रजापतिले पञ्च गर्दै बचाए । रिवाउन्डमा कप्तान सुजल श्रेष्ठको प्रहारलाई अफसाइड पोजिसनमा रहेका अभिषेक रिजालले टच गरिदिदा गोलले मान्यता पाएन । २६औं मिनेटमा स्टेफन विनोङको हेडर पासमा क्रिटिस रत्न छुन्जुको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा एनआरटी बराबरीबाट चुक्यो ।
५२औं मिनेटमा एरिक विष्टको फ्रिकिकलाई शिव गुरुङले हेडर प्रयास गरेपनि भेट्न नसक्दा एनआरटी बराबरीबाट चुक्यो । ५४औं मिनेटमा एरिक विष्टले गोल गर्दै एनआरटीलाई १–१ गोलको बराबरीमा ल्याए । स्टेफन बिनोङलाई फउल गरेपछि झन्डै ३५ यार्ड टाढाको फ्रिकिकमा एरिकले दर्शनीय गोल गर्न सफल भएका थिए । ७४औं मिनेटमा मनिष डाँगीको पेनाल्टी बक्सबाहिरको प्रहारलाई गोलरक्षक अजित प्रजापतिले पञ्च गर्दै बचाउँदा मच्छिन्द्रले अग्रता लिन सकेन ।
८०औं मिनेटमा सुनिल बलले गोल गर्दै मच्छिन्द्रलाई २–१ को अग्रता दिलाए । सुनिलले कप्तान सुजल श्रेष्ठको क्रसमा कसैको निगरानीमा नरहेका सुनिलले डिफेन्सभन्दा अघि पुगेर पहिलो टचमा सहजै फिनिस गरेका थिए ।
८५औं मिनेटमा वैकल्पिक फरवार्ड विमल घर्ती मगरले मैदानको मध्यभागबाट एकल प्रयासमा बल अघि बढाएपनि पेनाल्टी बक्स पुग्दासम्म नियन्त्रणमा लिन नसक्दा गोलबाट चुक्यो । लगत्तै विमलले दायाँ विंगमा उत्कृष्ट मुभ बनाउँदै दिएको पासमा मनिष डाँगीले खाली पोस्टमा गोल गर्न सकेनन् । जितसँगै मच्छिन्द्रले ३ अंक जोडेको छ । पराजित एनआरटी अंकविहीन बन्यो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]