default_image

4 years ago

November 23, 2021

लिगको पहिलो चरणमा १४ खेलाडीको गोल

248 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कोरोना महामारीका अघिल्लो वर्ष स्थगित भएको सहिद स्मारक ए डिभिजन लिग गत साता सुरु भएको छ । यसपटक पनि होला नहोला भन्ने शंका थियो । त्यसका वावजुद अखिल नेपाल फुटबल संघ (एन्फा) त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लिग सुरु गर्न सफल भएको छ ।

वैशाख/जेठमा नेपाल सुपर लिगको सफल आयोजनाले एन्फालाई पनि फ्लड लाइटमा लिग गराउने निर्णयमा पुग्न मद्दत गरेको हुनुपर्छ । यद्दपी कोरोना महामारीकै बीचमा भएको एनएसएलमा दर्शकलाई दशरथ रंगशालामा प्रवेश दिएको थिएन । अघिल्लो संस्करणमा दर्शकको कम रुचीले लिग खल्लो बनाएको थियो ।

दर्शक तान्नका लागि विभिन्न अफर राख्दा पनि दर्शकमा खास रुची देखिएको थिएन । अघिल्लो संस्करणमा भन्दा यसपटक दर्शक बढेका छन् । लिग अघि बढ्दै जाँदा अझै बढी दर्शकलाई तान्न सक्ने संकेत देखिएको छ । लिग जति अघि बढ्दै जान्छ त्यसले रोमाञ्चकतालाई पनि बढाउँने छ नै ।
सहभागी १४ टोलीले लिगमा १३ खेल खेल्नेछन् । लिगमा जम्मा ९१ खेल हुनेछन् । त्यसमध्ये पहिलो चरणका ७ खेल सकिएका छन् । विगतमा छिटो लिग सकाउने परम्परा बसाएको एन्फाले यसपटक केहि फरक अभ्यास गर्दै एक चरणको खेल समाप्ती पछि केहि दिनको विश्राम दिएको छ ।

रिकभरी समय कम पाएको भन्दै विगतमा क्लबहरुले आलोचना गर्थे । सम्भवत यसपटक त्यस्तो गुनासो सुन्नुपर्ने छैन । तथापी एन्फाले सुरुवातमा सुरुवातमा गरेको घोषणालाई पटक पटक बदल्ने गरेको अनुभव पनि छ । त्यसैले जसरी सुरुवात लिगको भएको त्यसैगरी अन्त्य होला नहोला त्यसका लागि केहि समय कुर्नैपर्छ ।

पहिलो चरणको समाप्तीमा अप्रत्यासित नतिजा देखिएन । लिगमा आउने अप्रत्यासित नतिजाले पनि त्यसको रौनकता बढाएको हुन्छ । ठूला भनिएका टोली तुलानात्मक रुपमा कमजोर मानिएका टोलीले रोकेको वा हराएका थुप्रै उदाहरण घरेलु लिगमा पनि छन् । पहिलो चरणका ७ खेल सकिदा ४ टोलीले जित निकालेका छन् ।

दाबेदारका रुपमा हेरिएका लिगको तीन पटकको विजेता थ्री स्टार, कीर्तिमानी आठ पटकको विजेता मनाङ मस्र्याङ्दी क्लब, साविक विजेता मछिन्द्र क्लबसँगै ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले लिगमा विजयी सुरुवात गरेका छन् । पहिलो खेलकै आधारमा टोलीले लिगभर कस्तो प्रदर्शन गर्छ भन्न सकिन्न ।

३ खेल बराबरीमा टुंगिएका छन् । लिगको पहिलो खेलमा फ्रेन्ड्स क्लब र नव प्रवेशी सातोबाटो युथ क्लबले गोलरहित बराबरी खेले भने संकटा क्लब र हिमालयन शेर्पा क्लबले १–१ को बराबरी खेलेका छन् । पहिलो खेलमै आमने सामने भएका दुई विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले पनि १–१ को बराबरीमा नै सन्तोष मान्नु परेको छ ।

च्यासल युथ क्लब, नेपाल एपिएफ क्लब, जावलाखेल युथ क्लब र न्यूरोड टिम (एनआरटी) ले भने हारबाट लिगको सुरुवात गरेका छन् । शुक्रबार अर्को चरणको सुरुवात हुँदा लिगको रोमाञ्चकताले अर्को मोड पक्कै लिने नै छ । लिग जति अघि बढ्दै गर्छ सम्भावना र अनुमानको चर्चा पनि त्यसरी नै चुलिनेछ । चोटका कारण झण्डै एक वर्षपछि थ्री स्टारका विक्रम लामा र मछिन्द्रका विमल घर्तीमगरले यहि लिगमात्र पूनरागमन गरेका छन् ।

पहिलो चरणको खेलमा १६ गोल भएका छन् । सबै भन्दा फराकिलो अन्तरले थ्री स्टारले च्यासललाई ३–० ले हराएको छ । बिबिसीले एपिएफमाथि ३–२ को, मनाङले जाउलाखेलमाथि १–० को र मछिन्द्रले एनआरटीमाथि २–० को प्रतिस्पर्धात्मक जित निकालेको थियो ।
७ खेल सकिदा १४ खेलाडीले गोल गरेका छन् । त्यसमा मछिन्द्रका सुनिल बल र बिबिसीका दीनेश राईले पहिलो खेलमै समान २ गोल गरेका छन् । अन्य १२ खेलाडीले समान एक गोल गरेका छन् ।

तथ्याङ– लिगको पहिलो चरण

जम्मा खेल– ७

जम्मा गोल-१६

पहिलो हाफमा गोल-५ गोल

दोस्रो हाफमा गोल-११

आत्मघाती गोल – ०

पँहेलो कार्ड- २५

नविन श्रेष्ठ (अफिसियल) पँहेलो कार्ड

रातो कार्ड – १ र

ोनेल एन्थोनी पउल (फ्रेन्ड्स) सातदोबाटोविरुद्ध दोहोरो पँहेलो कार्ड

पेनाल्टीमा गोल – ०

पेनाल्टी मिस – १

विकास मेराग्लिया (थ्री स्टारविरुद्ध)

पहिलो चरणको नजिता

फ्रेन्ड्स ० सातदोबाटो ०

संकटा १ हिमालयन शेर्पा १

थ्री स्टार ३ च्यासल युथ ०

बिबिसी ३ एपिएफ २

मनाङ १ जावलाखेल ०

आर्मी १ पुलिस १

मछिन्द्र २ एनआरटी १

गोल गर्ने खेलाडी

२ गोल – दिनेश राई (बिबिसी), सुनिल बल (मछिन्द्र)

१ गोल –लक्ष्मण रुचाल (संकटा), त्रिदेव गुरुङ (हिमालयन शेर्पा) , निशान खड्का (थ्री स्टार ), रफायएल रिम (थ्री स्टार) , अनन्त तामाङ (थ्री स्टार), सुरज गुरुङ (बिबिसी), आशिष लामा (एपिएफ), विकी तामाङ (एपिएफ) , दीनेश राजवंशी (मनाङ), सन्तोया हेमरुन (पुलिस), विवेक बस्नेत (आर्मी), एरिक विष्ट (एनआरटी)

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.