default_image

2 years ago

November 25, 2021

ए डिभिजन लिग – सातदोबाटोले थ्री स्टारको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको दोस्रो चरण शुक्रबारबाट सुरु हुँदैछ । दशरथ रंगशालामा शुक्रबार दिउँसो १ः०० बजे सुरु हुने पहिलो खेलमा ललितपुरका दुई टोली पूर्व विजेता थ्री स्टार क्लब र नवप्रवेशी सातदोबाटोबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो ४ः४५ मा सुरु हुने दोस्रो खेलमा संकटा क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । थ्री […]

158 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको दोस्रो चरण शुक्रबारबाट सुरु हुँदैछ । दशरथ रंगशालामा शुक्रबार दिउँसो १ः०० बजे सुरु हुने पहिलो खेलमा ललितपुरका दुई टोली पूर्व विजेता थ्री स्टार क्लब र नवप्रवेशी सातदोबाटोबीच प्रतिस्पर्धा हुनेछ ।

दिउँसो ४ः४५ मा सुरु हुने दोस्रो खेलमा संकटा क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । थ्री स्टारले जितका साथ लिगको सुरुवात गर्दा सातदोबाटोले भने फ्रेन्ड्ससँग गोलरहित बराबरी खेलेको थियो । त्यस्तै संकटाले हिमालयन शेर्पासँग १–१ को बराबरी खेलेको थियो । थ्री स्टारले पहिलो खेलमा च्यासललाई ३–० ले हराएको थियो ।

लिगको पहिलो चरणका ७ खेल सकिदा ४ टोलीले जित निकालेका छन् । दाबेदारका रुपमा हेरिएका लिगको तीन पटकको विजेता थ्री स्टार, कीर्तिमानी आठ पटकको विजेता मनाङ मस्र्याङ्दी क्लब, साविक विजेता मछिन्द्र क्लबसँगै ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले लिगमा विजयी सुरुवात गरेका थिए । ३ खेल बराबरीमा टुंगिएका थिए ।

लिगको पहिलो खेलमा फ्रेन्ड्स क्लब र नव प्रवेशी सातोबाटो युथ क्लबले गोलरहित बराबरी खेले भने संकटा क्लब र हिमालयन शेर्पा क्लबले १–१ को बराबरी खेलेका छन् । पहिलो खेलमै आमने सामने भएका दुई विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले पनि १–१ को बराबरीमा नै सन्तोष मान्नु परेको छ ।

च्यासल युथ क्लब, नेपाल एपिएफ क्लब, जावलाखेल युथ क्लब र न्यूरोड टिम (एनआरटी) ले भने हारबाट लिगको सुरुवात गरेका छन् । पहिलो चरणको खेलमा १६ गोल भएका छन् । सबै भन्दा फराकिलो अन्तरले थ्री स्टारले च्यासललाई ३–० ले हराएको छ । बिबिसीले एपिएफमाथि ३–२ को, मनाङले जाउलाखेलमाथि १–० को र मछिन्द्रले एनआरटीमाथि २–० को प्रतिस्पर्धात्मक जित निकालेको थियो ।

दोस्रो चरणको खेल तालिका

मंसिर १० गते सातदोबाटोविरुद्ध थ्री स्टार (१ः०० बजे)
संकटाविरुद्ध फ्रेन्ड्स क्लब (४ः४५ बजे)

मंसिर ११ गते च्यासलविरुद्ध एपिएफ (१ः०० बजे)
हिमालयन शेर्पाविरुद्ध मनाङ (४ः४५ बजे)

मंसिर १२ गते जावलाखेलविरुद्ध नेपाल पुलिस क्लब (४ः०० बजे)

मंसिर १३ गते ब्रिगेड ब्वाइजविरुद्ध न्यूरोड टिम (१ः०० बजे)
त्रिभुवन आर्मीविरुद्ध मछिन्द्र (४ः४५ बजे)

दोस्रो चरण अघि सहभागी क्लबका प्रशिक्षकले बिहीबार यसो भने

मेघराज केसी (सातदोबाटो)

मेरो ९ वटा जति क्लब भइसक्यो । थ्री स्टारसँगै आर्मी पनि मेरो पुरानो टोली हो । तर, जे भएपनि विपक्षी भनेको विपक्षी नै हो । विपक्षीलाई एउटै नजरमा हेर्ने । थ्री स्टार अलि राम्रो देखिएको त्यही अनुसार तयारी गरिरहेको छ । पहिलो खेलमा स्कोर भएन । त्यो समस्यालाई यो एक सातामा सुधार्ने कोशिस गरेका छौं । थ्री स्टारले पहिलो राउन्डमा बढी तीन गोल गरे । तीनै गोल डिफेन्डरले डेड बललाई सदुपयोग गरेको । हाम्रो म्याचमा दोहोरिन नदिने कोशिस गर्नेछ । हरेक खेल ३ अंकको लागि नै खेल्ने । यो नयाँ टिम हो । दह्रो उपस्थिति जनाउन मिहेनत गरिरहेका छौं ।

उर्जन श्रेष्ठ (थ्री स्टार)
पहिलो खेलमा फरवार्डमा मिस्टेक, डिफेन्डरबाट गोल, भोलि राम्रो नै गर्ने लक्ष्य छ । सातदोबाटो पनि राम्रो टिम । राम्रो नतिजाको अपेक्षा । जितेपछि खुशी तर गेम अनुसार खुशी हुन सकेका छैनौं । स्कोरिङ चान्स निकाल्न सकेनौं । त्यो अनुसार तयारी गरिरहेका छौं । सवै विपक्षी उस्तै छन् । हरेक खेल फाइनल जस्तै हो । हार्मी फाइनल जसरी नै खेल्नेछौं । त्यसमा कोचहरुको रणनीति फरक हुन सक्छ । कुनै टिम सहज नहुने । नयाँ टिममा झन जोश हुन्छन् । हामी आफ्नो गेम खेल्ने र मिहेनत गर्नेछौं ।

मृगेन्द्र मिश्र (फ्रेन्ड्स)
पहिलो राउन्ड ठीकै भएको थियो । दोस्रो राउन्डमा एक खेलाडी प्रतिबन्धमा रहँदा केही गाह्रो हुनसक्छ । फुटबल हो, स्कोर निकाल्दै जित्ने प्रयास गर्नेछौ । स्कोर निकाल्न सकिन्छ । पहिलो खेलमा ब्याडलक भयो । विपक्षी टिम पनि राम्रो छ । मेरो लक्ष्य टोलीलाई सुरक्षित राख्ने नै हो । पहिलो राउन्डमा ३–४ टोली बलियो देखिएको । अरु टोली एकै लेभलमा छन् । यो वर्ष सुरक्षित रहने र अर्काे वर्ष योजना रहेको छ । क्लब व्यवस्थापनसँग त्यही कुरा भएको छ । अर्काे सिजनलाई राम्रो गर्ने योजना छ । जुन पोजिसन आएपनि सन्तुष्ट रहनेछौं ।संकटासँग जितकै लागि लागि खेल्ने एक जित र ३ बराबरीमा जित नै अघि रहन्छ । बराबरीको केही औचित्य रहँदैन । बराबरीका लागि खेल्दैनौं ।

रत्नकाजी महर्जन (सहायक प्रशिक्षक –एपीएफ)
पहिलो खेलमा अन्तिम समयमा गोल खाँदा हार्न पुग्यौं । च्यासल बलियो टोली हो । त्यही अनुरुप पहिलो खेलको कमी कमजोरी सुधारेर नयाँ रणनीत अपनाउँदै च्यासलविरुद्ध खेल्नेछौं । शुद्ध फुटबल खेल्ने प्रयास गर्नेछौं । च्यासलले पहिलो खेल हारेपनि टिम राम्रै रहेको । पहिलो खेलमा अपेक्षा अनुसार खेल नभएको त्यसलाई सुधार्ने प्रयास गर्नेछौं ।

आषिक थापामगर (सहायक प्रशिक्षक –च्यासल)
पहिलो खेलमा हारको अपेक्षा गरेको थिएनौं । कारणवस हार्न पुग्यौ । ब्याडलक भयो । हामीले सेट पिसमा गोल खायौं । रेफ्रीको कारण पनि खेलको नतिजामा प्रभाव परेको । जित्नकै लागि खेल्नेछौं । टोलीको मनोबल उच्च छ । फरवार्डको कमी छैन । अर्काे महिना सन्तोष साहुखल आइपुग्नेछन् ।

राजेन्द्र तामाङ (मनाङ)
पहिलो खेलमा त्यति सन्तुष्ट हुन सकेनौं । जुन खेल्नुपर्ने त्यो देख्न पाएनौं । जावलाखेल राम्रो टोली नै हो । उनीहरुले टिम ब्यालेन्समा खेल्छन् । हिमालयन शेर्पासँग भिन्न तरिकाले खेल्नेछौं । जावलाखेलविरुद्ध हतारमा खेल्दा केही गाह्रो भएको थियो । विस्तारै सन्तुलन मिलाउँदै जाने सोच छ । जितको लागि ९० मिनेटमा १० गोल चाहिदैन । एक गोल भएपनि पुग्छ । शीर्ष टोलीको लागि च्याम्पियन कसरी बन्ने भन्ने तनाव हुन्छ नै । टिम अनुसारको योजना बनाउने हो । मेरो फिलोसफीमा तत्काल घुलमिल हुन सकिदैन । सबैको आ–आफ्नै फिलोसफी हुन्छ । त्यही अनुसार योजना बनाउँदै जाने हो । जित सम्भव छ ।

किशोर कुमार केसी (जावलाखेल)
पुलिससँग छ । गर कि मर कै अवस्थामा छ । मलाई जसरी नै ३ अंक चाहिएको छ । मेरो औजारहरु प्रयोग गर्नेछु । विगतलाई विश्वास गर्दिन वर्तमानमा विश्वास लाग्छ । सफलता पाइन्छ भन्ने विश्वास छ । आर्मी र पुलिसको खेल १९–२० कै हो । पुलिसले सेट पिसमा गोल गरे गर्दा पोजिसन बलमा आर्मीले गोल गरेको हो । सबै १४ टोली उस्तै छन् ।

प्रवेश कटुवाल (मच्छिन्द्र)
विग म्याच । लास्ट टाइम निर्णायक खेलमा यसपटक दोस्रो खेलमै परेको छ । एकदम भाइटल म्याच हो । तयारी भइसकेको छ । ठुला टिमसँग ३ अंक लिन सके उपाधिको लागि सहज हुने । आर्मी उपाधि दावेदार टिम हो । सबै टिमलाई सम्मान गर्नुपर्दछ । आर्मी सेट टिम हो । धेरै राम्रो छ । आर्मीसँगको खेल प्रतिस्पर्धात्मक हुनेछ । सबैले खेल्न पाउछ । जसले राम्रो खेल्न उसले मौका पाउने । उपाधि जित्न राम्रो टिम बनाउनुपर्ने हुन्छ । अभिषेक र मनिष डाँगी तिहारपछि आउँदा केही समन्वय नमिलेको पछि सुधार हुदै आउने । विमल घर्तीमगर ले म्याच खेलेको छैन । फुल म्याच खेल्ने कन्फिडेन्स नरहेको विस्तारै खेलाउँदै लानेछौं ।

युगल किशोर राई (हिमालयन शेर्पा)
टिम र इन्डिभिजुअलमा फलो नगर्ने सिस्टमलाई फलो गर्ने । सिस्टम अनुसार नै खेल्ने ।

प्रि–म्याच पत्रकार सम्मेलनमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी), त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, न्युरोड टिम एनआरटी र संकटा क्लबका प्रशिक्षक अनुपस्थित रहे ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.