4 years ago
November 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरका छिमेकी दुई क्लब थ्री स्टार क्लब र सातदोबाटो युथ क्लबबीचको प्रतिस्पर्धा सँगै कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको दोस्रो चरण शुक्रबारबाट सुरु हुँदैछ । दशरथ रंगशालामा खेल दिउँसो १ः०० बजे सुरु हुनेछ । आजै दिउँसो ४ः४५ बजे सुरु हुने अर्को खेलमा संकटा क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

थ्री स्टारले जितका साथ लिगको सुरुवात गर्दा सातदोबाटोले भने फ्रेन्ड्ससँग गोलरहित बराबरी खेलेको थियो । त्यस्तै संकटाले हिमालयन शेर्पासँग १–१ को बराबरी खेलेको थियो । थ्री स्टारले पहिलो खेलमा च्यासललाई ३–० ले हराएको थियो । लिगको पहिलो चरणका ७ खेल सकिदा ४ टोलीले जित निकालेका छन् ।
दाबेदारका रुपमा हेरिएका लिगको तीन पटकको विजेता थ्री स्टार, कीर्तिमानी आठ पटकको विजेता मनाङ मस्र्याङ्दी क्लब, साविक विजेता मछिन्द्र क्लबसँगै ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले लिगमा विजयी सुरुवात गरेका थिए । ३ खेल बराबरीमा टुंगिएका थिए । फ्रेन्ड्स क्लब र नव प्रवेशसातोबाटो तथा संकटा क्लब र हिमालयन शेर्पाबाहेक दुई विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले पनि १–१ को बराबरीबाट लिगको सुरुवात गरेका थिए ।
च्यासल युथ क्लब, नेपाल एपिएफ क्लब, जावलाखेल युथ क्लब र न्यूरोड टिम (एनआरटी) ले भने हारबाट लिगको सुरुवात गरेका छन् । पहिलो चरणको खेलमा १६ गोल भएका छन् । सबै भन्दा फराकिलो अन्तरले थ्री स्टारले च्यासललाई ३–० ले हराएको छ । बिबिसीले एपिएफमाथि ३–२ को, मनाङले जाउलाखेलमाथि १–० को र मछिन्द्रले एनआरटीमाथि २–० को प्रतिस्पर्धात्मक जित निकालेको थियो ।
पहिलो चरणमा पाटन डर्वीमा च्यासल युथ क्लबलाई ३–० ले पराजित गरेको थ्री स्टार सोही जितको लयलाई कायम राख्दै लिगमा लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । टोलीसँग कप्तान विक्रम लामासँगै अनन्त तामाङ, निशान खड्का, मिन बहादुर धिमाल, राफयल रिमगागो, हेमन्त थापामगर, आयुष घलान, ऋतिक खड्का, लाकेन लिम्बु, मिक्छेन तामाङ, डोना थापा, सन्जोक राई, मोवा र गोलरक्षक प्रिसो रहेका छन् । यता, सातदोबाटो पनि थ्री स्टारलाई स्तब्ध पार्दै लिगमा पहिलो जितको खोजीमा हुनेछ ।
सातदोबाटोले पहिलो खेलमा फ्रेन्ड्ससँग गोलरहित बराबरी खेलेको थियो । टोलीसँग पिटर सेगुन, मान बहादुर तामाङ, अभिषेक बराल, बसन्त गुरुङ, दीपक राज सिंह, सुशिल राई, आकाश बुढा मगर, अजायी मार्टिन्स र आशिष राई रहेका छन् । सातदोबाटोका प्रशिक्षक मेघराज केसीले विपक्षी भने विपक्षी नै रहने त्यही अनुरुप तयारी गरिरहेको बताए । उनले थ्री स्टार छ भन्नुपर्ने अवस्था नरहेको बताउँदै ३ अंकको लागि खेल्ने बताएका थिए ।
थ्री स्टारका प्रशिक्षक उर्जन श्रेष्ठले पहिलो खेलमा अग्रपङ्तिबाट गोल निस्कन नसकेपनि जित निकाल्न सफल भएको र सातदोबाटोविरुद्ध फरवार्डबाटै गोल निस्कनेमा आशावादी रहेको बर्ता । उनले सातदोबाटाविरुद्ध आफ्नो खेल खेल्ने बताएका छन् । संकटा र फ्रेन्ड्सदुवै टोली पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ ।
दोस्रो चरणको खेल तालिका
मंसिर १० गते सातदोबाटोविरुद्ध थ्री स्टार (१ः०० बजे)
संकटाविरुद्ध फ्रेन्ड्स क्लब (४ः४५ बजे)
मंसिर ११ गते च्यासलविरुद्ध एपिएफ (१ः०० बजे)
हिमालयन शेर्पाविरुद्ध मनाङ (४ः४५ बजे)
मंसिर १२ गते जावलाखेलविरुद्ध नेपाल पुलिस क्लब (४ः०० बजे)
मंसिर १३ गते ब्रिगेड ब्वाइजविरुद्ध न्यूरोड टिम (१ः०० बजे)
त्रिभुवन आर्मीविरुद्ध मछिन्द्र (४ः४५ बजे)
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]