4 years ago
November 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दावेदार रुस्लान थ्री स्टार क्लब कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा नवप्रवेशी सातदोबाटो युथ क्लबसँग स्तब्ध बनेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा थ्री स्टार सातदोबाटोसँग १–० ले स्तब्ध बनेको हो । थ्री स्टारलाई स्तब्ध पार्न सातदोबाटोका सुदिप गुरुङले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।
प्रतिस्पर्धात्मक खेलको २९औं मिनेटमा सुदिप गुरुङले गोल गर्दै सातदोबाटोलाई १–० को अग्रता दिलाए । अजायी मार्टिन्सले उपलब्ध गराएको पासमा अनमार्क रहेका सुदिपले डिबक्सको ठिक बाहिरबाट गरेको सशक्त प्रहार गोलमा परिणत हुदा थ्री स्टारका गोलरक्षक प्रिसोले रोक्ने कुनै मौका नै पाएन ।
३६औं मिनेटमा सातदोबाटोका निरज चौधरीले सुशिल राईको पासमा सुवर्ण अवर पाएपनि सदुपयोग गर्न नसक्दा सातदोबाटो अग्रता दोब्बर पार्नबाट चुक्यो । ३७औं मिनेटमा थ्री स्टारका ऋतिक कुमार खड्काले झन्डै २५ यार्डबाट गरेको सशक्त प्रहार सातदोबाटोका गोलरक्षक अभिषेक बरालले उत्कृष्ट पञ्च गर्दै बचाउँदा थ्री स्टार बराबरीबाट चुक्यो ।

दोस्रो हाफमा दुवै टोलीबाट गोलका केही अवसरहरु सिर्जना भएपनि दुवै टोलीले गोल गर्न सकेनन् । सातदोबाटोले शीर्ष डिभिजनमा दोस्रो खेलमा पहिलो जित निकालेको हो ।
जितसँगै अपराजित सातदोबाटोले दुई खेलबाट ४ अंक जोडेको छ । पहिलो हार बेहोरको थ्री स्टारको ३ अंक छ । सातदोबाटोले पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो । थ्री स्टारले च्यासललाई ३–० ले पराजित गरेको थियो ।
दिनको दोस्रो खेलमा फ्रेन्ड्स क्लब र संकटा क्लबबीच दिउँसो ४ः४५ बजेपछि प्रतिस्पर्धा हुनेछ । दुवै टोली पहिलो जितको खोजीम हुनेछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]