default_image

4 years ago

November 26, 2021

‘लिग म्याराथन जस्तै हो’ – प्रशिक्षक केसी

310 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सातदोबाटो युथ क्लबका प्रशिक्षक मेघराज केसीले लिगलाई म्याराथन दौडसँग तुलाना गर्दै एक दुई किलोमिटरमै हिसाबकिताब गर्न हतार हुने बताएका छन् ।

कतार एयरवेज सहिद स्मारक ए डिभिजिन लिगमा शुक्रबार आफ्नो पूर्व क्लब थ्री स्टार क्लबलाई १–० ले पराजित गरेपछि प्रशिक्षक केसीले भने,‘ म्याराथन दौडमा ४० किलोमिटर कटेपछि कहाँ छौं हामी भन्ने हुन्छ । अहिले टेबल तिर हेर्ने बेला भएको छैन ।

दुई खेलमा अपराजित केसीको टोलीले ४ अंक जोडेको छ । पहिलो खेलमा सातोदाबाटोले फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेलेको थियो । केसीले टोलीको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताएका छन् । उनले भने ‘ नयाँ टिमले थ्रीस्टार जस्तो टिमसँग निकै राम्रो मेहनत गरेर खेलेको हो । जितेर मात्र राम्रो भनेको होइन कि मौकाकै हिसाब गर्यो भने पनि उनीहरुले एउटा बल लङ डिस्ट्यान्टबाट हाने भने हामीले टेन यार्डबाट कम्तीमा पनि छ सात वटा बल हान्यौं ।’

उनले टोलीको प्रदर्शनमा अझै सुधारको आवश्यकता रहेको औल्याए । ‘ केटाहरुको स्कोरिङ चाहि अझै सुधार गर्न बाँकी छ । समग्रमा सन्तुष्ट छु , उनले थपे,‘ नयाँ केटाहरुले यत्तिको खेलिराको छ । यो टिमबाट अझै आश गरेको छु । अझै हामीले मेहनत गर्न बाँकी छ ।’

उनले आफ्नो कुनै पनि क्लबलाई पूर्व क्लब वा अन्य भनेर नहेर्ने पनि बताए । ‘सबै १३ टोलीलाई प्रद्विन्द्विका रुपमा लिएको छु । प्रत्येक टिमसँग जित्नुपर्छ । जित्नका लागि कोचले पनि धेरै मेहनत गर्नुपर्छ खेलाडीले पनि मेहनत गर्नुपर्छ । त्यति एउटा सामान्य सोच राखेको छु, केसीले अगाडि भने, एक वर्षमै क्लबहरुमा धेरै पविर्तन हुन्छ । सिजन चेन्ज फेरि सुरुबाट टिम बनाउनुपर्छ । हामीमा नै अझै कमी कमजोरी छ । यत्तिको मिस्टेक खेलेर सधै राम्रो हुँदैन ।’

सातदोबाटोसँग स्तब्ध भएपछि उपाधि यात्रा कठीन हुन सक्ने थ्री स्टारका प्रशिक्षक उज्जन श्रेष्ठले बताए । पहिलो खेलमा च्यासलमाथि ३–० को शानदार जित दर्ता गरको थ्री स्टार दोस्रो खेलमै पराजित भएको छ । सातदोबाटोका सुदीप गुरुङले पहिलो हाफमा गरेको गोल नै थ्री स्टारको हारका लागि पर्याप्त रह्यो ।

‘हामीले स्वभाविक खेल्न सकेनौं । मिडिल्डर हेमन्त थापामगर अस्वस्थ भएका कारणले पहिलो रोजाईमा थिएनन, श्रेष्ठले भने, उनको अनुपस्थितिले हामीलाई गाह्रो भयो । अन्त्यतिर उनलाई उतारेपनि फर्कन सकेनौं । सातदोबाटोले उत्कृष्ट खेल्यौ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.