4 years ago
November 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै संकटा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा ललितपुरको फ्रेन्ड्स क्लबमाथि पूनरागमन जित निकालेको छ । फ्रेन्ड्सले सुरुवाती अग्रता जोगाउन नसक्दा संकटासँग २–१ को हार बेहोरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा संकटाको जितमा निरज बस्नेत र फोडे फोफानाले गोल गर्दा फ्रेन्ड्सका कप्तान प्रकाश बुढाथोकीले एक गोल गरे । खेलको १३औं मिनेटमा फोफानाको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा संकटा अग्रता लिनबाट चुक्यो ।
१८औं मिनेटमा कर्नरबाट आएको बलमा फोफानाको प्रहार विपक्षी डिफेन्डरलाई लाग्दै पुन कर्नर हुदा सुभास गुरुङकै कर्नरमा फोफानाकै प्रहार डिफेन्डर डिफ्लेक्ट हुदा गोलरक्षक राहुल रामचन्द्र यादवले अघि बढ्दै बचाए । ३०औं मिनेटमा सुभासले पेनाल्टी बक्समा सुवर्ण अवसर पाएपनि उनको प्रहार आकासियो ।

४१औं मिनेटमा कप्तान प्रकाशले दोस्रो बार च्याप्दै गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । ४२औं मिनेटमा प्रकाशले गोल गर्दै फ्रेन्ड्सलाई १–० को अग्रता दिलाए । निसेन सुब्बाको पासमा प्रकाशले पेनाल्टी बक्सबाहिरबाट गरेको सशक्त प्रहार दोस्रो बारको टप कर्नरमा लाग्दै गोलमा परिणत भएको थियो । पहिलो हाफमा संकटाको केही प्रहारमा गोलरक्षक राहुल बाधक बन्दा संकटाले गोल गर्न सकेन ।
५७औं मिनेटमा निरज बस्नेतले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । सुभासको कर्नरमा कसैको निगरानीमा नरहेका निरजले हेडरमार्फत बललाई जाली चुमाएका थिए । ७०औं मिनेटमा फोफानाको पेनाल्टी बक्सभित्रको प्रहारलाई गोलरक्षक राहुलले पञ्च गर्दै बचाए । लगत्तै ७२औं मिनेटमा प्रकाशको प्रहारलाई संकटाका गोलरक्षक राजावाबु थापाले पञ्च गर्दै बचाए । ८७औं मिनेटमा फोफानाले गोल गर्दै संकटालाई २–१ को पूनरागमन जित दिलाए ।
जितपछि संकटाको दुई खेलबाट ४ अंक पुगेको छ । पराजित फ्रेन्ड्सको दुई खेलबाट १ अंक छ । यसअघि फ्रेन्ड्सले सातदोबाटोसँग गोलरहित तथा संकटाले हिमालयन शेर्पासँग १–१ गोलको बराबरी खेलेको थियो ।
दिनको पहिलो खेलमा सातदोबाटो युथ क्लबले रुस्लान थ्री स्टार क्लबलाई १–० ले स्तब्ध पारेको छ । लिगमा शनिबार दुई खेलमा प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा च्यासल युथ क्लब र नेपाल एपीएफ फुटबल क्लब तथा दोस्रो खेलमा हिमालयन शेर्पा र मनाङ–मर्स्र्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ र ४ः४५ बजे हुनेछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]