default_image

4 years ago

November 27, 2021

‘एपिएफले विदेशी खेलाडी ल्याउन ढिला गर्न हुँदैन’

211 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – यसै सिजन एएफसीको क्लब लाइसेन्स प्राप्त गरेको नेपाल एपिएफ क्लबका प्रशिक्षक कुमार थापाले विदेशी खेलाडी ल्याउन अब ढिला गर्नु नहुने बताएका छन् ।

कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो हार बेहोरेपछि थापाले भने, ‘आफ्नै स्तरका टोलीसँग लगातार दोस्रो खेलमा गुमाएपछि हामीलाई गाह्रो भएको छ । अब विदेशी खेलाडी ल्याउने विषयमा व्यवस्थापनसँग कुरा गर्छु ।’

लिगमा सहभागी १४ मध्ये तीन विभागिय टोली एपिएफ, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबमा विदेशी खेलाडी छैनन् । आर्मी र एपिएफले क्लब लाइसेन्स लिइसकेकाले अब विदेशी खेलाडी लिनका लागि पनि बाटो खुलिसकेको छ ।

‘विभागीय खेलाडीले मात्रै पनि धान्न त गाह्रो छ । क्लब लाइसेन्स पाएपछि अरु विभागीय टिमले पनि विदेशी खेलाडी नल्याएपछि हामीले पनि त्यसलाई फलो गरे जस्तो लाग्छ । तर त्यसलाई अब ओपन हुनर्पछ । व्यवस्थापकको तर्फबाट पनि त्यसलाई प्राथमिकतामा राख्नपर्छ’, थापाले भने, विभागीय बाहेक सबैटिममा विदेशी खेलाडी छन्। त्यसले गर्दा लेभल फरक छ । त्यसले गर्दा हामीलाई गाह्रो छ । एउटा टोलीमा ४ जना विदेशी खेलाडी हुनु भनेको धेरै हो ।’

पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ३–२ को हार बेहोरेको एपिएफले शनिबार च्यासल युथ क्लबसँगको खेल १–० ले गुमाएको थियो । ‘अघिल्लो खेलमा भन्दा राम्रो प्रर्दशन गरेका हौं । तर नतिजाको हिसाबले राम्रो भएन । ६ अंक गुमाउनु भनेको नराम्रो हो। अबको दिनमा एकदम गाह्रो छ,’उनले थपे,’मिडफिल्डमा सेटअप हुन गाह्रो छ । क्लब लाइसेन्स भएपछि विदेशी खेलाडी राख्ने राम्रो मौका छ। त्यसबारेमा सोच्दै छौँ। राम्रो विदेशी खेलाडी पायौं भने राख्नेछौं । टिम व्यवस्थापकसँग कुरा भैरहेको छ। त्यो पनि सम्भावना छ। अहिले विदेशी खेलाडी ल्याएन भने गाह्रो छ ।’

व्यक्तिगत रुपमा आफू माथि दबाब नभएपछि लगातार टोलीले नतिजा निकाल्न नसक्दा स्वभाविक दबाब भने रहने थापाले बताए । ‘६ अंक गुमाउनु भनेको १२ अंक गुमाए जस्तो भएको छ। हामी समानजस्तै टिमलाई हराएनौं भने पछि झन् गाह्रो हुन्छ’, उनले जोडे, ‘आशा गरौँ अर्को खेलमा अझ राम्रो गर्नेछौं ।’

च्यासलका प्रशिक्षक बालगोपाल साहुखल अघिल्लो खेलको दाँजोमा प्रदर्शनमा सुधार भएको र नतिजा निकाल्न सफल हुँदा अन्त्यन्तै खुसी लागेको बताए । ‘जित्ने गरेर खेलेका थियौँ। त्यसमा सफल भयौं । पहिलो चरणको नतिजा राम्रो थिएन’, उनले भने, ‘आज अंक जोड्न सफल भयौ युवा टिम थियो । खेलाडीले बललाई च्यालेन्ज गरेर खेलेका छन् । बलमा सहज भएपनि हाम्रो डिफेन्सलाई तोड्न सक्दैन भन्नेमा ढुक्क थियौं । सेटमा धेरै ध्यान दिएका थियौं ।’

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.