default_image

4 years ago

November 27, 2021

ओलावालेको गोलमा मनाङको दोस्रो जित

203 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओलावाले ओलडिपो अफिजको गोल मद्दतमा नेपाल आयल निगम मनाङ–मर्स्याङ्दी क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार दोस्रो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा मनाङले नेपाल आइस हिमालयन शेर्पामाथि १–० को जित निकाल्दै लिगमा लगातार दोस्रो जित आत्मसात गरेको हो । खेलको तेस्रो मिनेटमा पुजन उपरकोटीको फ्रिकिकमा ओलावाले ओलाडिपो अफिजको हेडर पोस्ट नजिकैबाट बाहिरिदा मनाङ अग्रता लिनबाट चुक्यो ।

४१औं मिनेटमा कप्तान विश्वास श्रेष्ठको फ्रिकिक क्रसबारमा लागेर फर्कदा हिमालयन शेर्पा अग्रता लिनबाट चुक्यो । त्यसमै रिवाउन्डमा अलरिच सिवेको हेडरलाई दिनेश राजवंशीले गोललाइनबाट बचाउँदै मनाङको संकट टारे । ५५औं दयानन्द सिंहको क्रसमा मिनेटम एडेलाजा सोमिडेको हेडर पोस्ट नजिकैबाट बाहिरियो ।

७१औं मिनेटमा नाकाकुरा रियोको क्रसमा पिस्टोन मुताम्बाले पेनाल्टी बक्सभित्र बललाई नियन्त्रणमा लिदै गरेको प्रहार आकासिदा शेर्पाले अग्रता लिने अवसर खेर फाल्यो । ८३औं मिनेटमा निशान लिम्बुको क्रसमा दिपक राईको फ्रि हेडरलाई गोलरक्षक दिप कार्कीले पञ्च गर्दै बचाए ।

लगत्तै ८४औं मिनेटमा ओलावाले ओलाडिपो अफिजले गोल गर्दै मनाङलाई १–० को अग्रता दिलाए । पुजन उपरकोटीको कर्नरमा निशान लिम्बुले फ्लिक गरेको बललाई अनमार्क रहेका ओलावालेले जाली चुमाए । त्यसपछि थप गोल निस्कन नसक्दा मनाङ विजयी हुन सफल भयो ।

जितपछि मनाङ दुई खेलबाट ६ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ । पहिलो हार बेहोरेको शेर्पाको दुई खेलबाट १ अंक छ । मनाङले पहिलो खेलमा जावलाखेल युथ क्लबलाई १–० ले पराजित गर्दा शेर्पाले संकटासँग १–१ गोलको बराबरी खेलेको थियो ।

लिगमा आइतबार एक मात्र खेलमा प्रतिस्पर्धा हुनेछ । नेपाल पुलिस क्लब र जावलाखेल युथ क्लबबीच दिउँसो ४ः४५ बजे प्रतिस्पर्धा हुनेछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.