default_image

4 years ago

November 27, 2021

शेर्पाको सिद्धान्तसामु सेट पिसमा सफल मनाङ

239 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रशिक्षणमा सेट पिसमा गरेको अभ्यास सफल भएर विजयी गोल निक्लेपछि थप खुसी लागेको मनाङ मर्स्याङ्दी क्लबका प्रशिक्षक राजेन्द्र तामाङले बताए ।

मनाङले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा शनिबार दोस्रो जित निकालेको थियो । दोस्रो हाफमा पुजन उपरकोटीको कर्नरमा निशान लिम्बुले ६ यार्ड बक्सनजिक फ्लिक हेडरमार्फत मिलाइदिएको पासलाई अनमार्क ओलावालेले गोल गरेका थिए । उक्त गोलको सहयतामा मनाङले १–० को जित निकालेको थियो । पहिलो खेलमा पनि सेट पिसमा नै दीनेश राजवंशीले गोल गर्दा मनाङले जावलाखेल युथ क्लबलाई १–० ले पराजित गरेको थियो ।

हिमालयन शेर्पा क्लबले बराबरीको लक्ष्यका साथ खेलेको जनाउँदै तामाङले भने, ‘उनीहरुले डिप बसेर खेलेका थिए । त्यसमा गोल गर्न गाह्रो हुन्छ । हामीले बढी भन्दा बढी विङ्गबाट क्रस गर्ने योजना बनाएका थियो । पहिलो हाफमा धेरै मौका पनि पाएनौं । क्रससँगै हामीले सेट पिसेमा पनि ध्यान दिइरहेका छौं । त्यसले सफलता पनि दिलायो । आज प्रशिक्षणमा गरेको प्रयास खेलमा गोल निस्कियो । अझ विजयी गोल समेत भएपछि खुसी त हुने नै भयो ।’

त्यसो त मनाङको आक्रमणमा नाइजेरियन फरवार्डद्वय ओलावाले अफिज र आदेलाजा सोमिदेसँगै राष्ट्रिय टोलीका फरवार्ड अन्जन विष्ट छन् । नेपाली फुटबलमा लामो समयदेखि खेल्दै आएका नाइजेरियन जोडीको प्रदर्शन राम्रो हुन सकेको छैन । दुवै खेलमा मनाङका विदेशी खेलाडीले खासै प्रभाव जमाउन सकेका छैनन् । प्रशिक्षक तामाङले यसबारे आफु सचेत रहेको बताए ।

‘हामीले यसबारे ध्यान दिएका छौं । हामीले आफिज र सोमिदे कुन स्तरका खेलाडी हुन् भन्ने देखेका छौं । उनीहरुबाट पक्कैपनि सोचेजस्तो प्रदर्शन हुन सकेको छैन । व्यवस्थापनले पनि योबारे ध्यान राखेको छ । मैले पनि आज दुवै नचलेपछि एकजनालाई बाहिर निकालेको हुँ । नेपाली फुटबलमा लामो समय खेलेपछि यहाँको शैली बुझेर पनि त्यसो भएको हुनुपर्छ,’ उनले भने ।

दोस्रो खेलमा हार बेहोरेपछि हिमालयन शेर्पाका प्रशिक्षक युगलकिशोर राईले खेलाडीले एकदम मिहिनेत गर्दै खेललाई नियन्त्रणमा राखेको जनाउँदै भने, ‘नतिजा ल्याउन सकेनौं । सेट पिसमा गोल खान पुग्यौं । यसो भनिरहँदा म आफ्नो सिद्धान्तबाट पछि भने हट्दिन । हाम्रो प्रदर्शन योजना अनुसार नै भएको छ । मात्र गोल हुन सकेको छैन । र त्यसमा भाग्यको पनि साथ चाहिने रहेछ,’ उनले भने ।

शेर्पाले केन्याका पिस्तोने मुताम्बालाई एकल फरवार्डको रुपमा खेलाइरहेको छ । तर उनले अपेक्षित प्रदर्शन गर्न नसक्दा राईले भने, ‘हाम्रो फरवार्डले अलि सोचे जस्तो खेल्न सकिरहेका छैनन् । एकल फरवार्ड भएपनि हाम्रो सिस्टम छ । त्यसमा उनले खेल्नुपर्ने हो । आउने दिनमा राम्रो प्रदर्शन हुने आशा छ । हामी आफ्नो शैली परिवर्तनबारे भने सोचेका छैनौं । यो निरन्तर प्रक्रिया हो र केहि समय लाग्छ भन्ने थाहा छ ।’

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.