4 years ago
November 28, 2021
काठमाडौं (हाम्रो खेलकुद)– जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब दुवैले यसपटकको कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा विजयी सुरुवात गर्न सकेनन् ।

जावलाखेल मनाङ मस्र्याङ्दी सँग १–० ले पराजित भएको थियो भने पुलिसले अर्को विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग १–१ को बराबरी खेलेको थियो । यस्तोमा पहिलो जितको खोजीमा जावलाखेल र पुलिसले आइतबार एक अर्काको सामना गर्दै छन् । खेल दशरथ रंगशालामा दिउँसो ४ः४५ बजे सुरु हुनेछ ।
सोमबार २ खेलपछि दोस्रो चरणका खेल सम्पन्न हुनेछन् । दोस्रो चरणमा पूर्व विजेता थ्री स्टार क्लब नवप्रवेशी सातदोबाटो युथ क्लबसँग १–० ले पराजित भएको थियो । संकटा क्लबले फ्रेन्ड्स क्लबलाई २–१ ले हराएको थियो । शनिबार भएका खेलमा च्यासल युथ क्लबले नेपाल एपिएफ क्लबलाई र मनाङ मस्र्याङ्दी क्लबले हिमालयन शेर्पा क्लबलाई समान १–० ले हराएको थियो ।
लिगमा सोमबार दिउँसो १ः०० बजे ब्रिगेड ब्वाइज क्लब (बिबिसी) र न्यूरोड टिम एनआरटी तथा ४ः४५ बजे सुरु हुने खेलमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]
December 17, 2025
एजेन्सी – चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन। […]