default_image

4 years ago

November 28, 2021

लिगका नौं चरणका खेलतालिका भोली सार्वजनिक हुने

194 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको नौं चरण सम्मको खेल तालिका सोमबार सार्वजनिक हुने भएको छ । दशरथ रंगशालासहित ४ वटा मैदानमा खेलाउने योजनाका साथ लिग सुरु गरेको एन्फाले केहि प्राविधिक कठिनाईका कारण खेल तालिका सार्वजनिक नगरेको लिग कमिटीका निर्देशक सञ्जिव मिश्रले जानकारी दिए ।

‘९ राउन्ड सम्म कुन कुन क्लबीच प्रतिस्पर्धा हुन्छ भन्ने यसअघि नै तय भइसकेको छ । सबै क्लबलाई त्यस बारेमा जानकारी दिइसकेका छौं, उनले भने,‘खाली मिती र मैदानका कारण हामीले सार्वजनिक नगरेका हौं । मैदान पछि तय गर्ने गरि भएपनि सोमबार सम्म ९ राउन्ड सम्मको खेल तालिका सार्वजनिक गर्ने गरि तयारी गरिरहेका छौं ।

दशरथ रंगशाला, एन्फा कम्प्लेक्सको क्रितिम मैदान, च्यासल मैदानसहित एन्फाले मनाङ मस्र्याङ्दी क्लबको प्रस्तावमा केहि खेल पोखरा रंगशालामा खेलाउने योजना सार्वजनिक गरेको थियो । च्यासल मैदानको हकमा अहिले सम्म पनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई नै हस्तान्तरण नभएकोले तत्काल खेलाउने सम्भावना कम रहेको मिश्रले बताए ।

दशरथ रंगशालामा अघिल्लो लिगको दाँजोमा दर्शकको उपस्थिति उल्लेख भएकोले बढी खेल त्यहि मैदानमा खेलाउने विषयमा पनि एन्फाले छलफल अघि बढाइरहेको मिश्रले बताए । यद्दपी केहि खेल भने एन्फा मैदानमा गर्नैपर्ने उनको तर्क छ । पोखरामा लिग खेलाउने सवालमा भने मनाङको प्रस्तावलाई अन्य क्लबले स्वीकार गरेको अवस्थामा मात्र हुने मिश्रले प्रष्ट पारे । ‘ नौं चरण भित्र मनाङले खेल्नुपर्ने क्लबहरु खेल्न तयार भएको लिखित सहमति पत्र प्राप्त भएको अवस्थामा मात्र पोखरामा केहि खेल हुनेछन्,’ मिश्रले भने ।

माघ १० गते देखि १८ गते सम्म फिफा डेटमा दशरथ रंगशालामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुने सम्भावना रहेको छ । यदि मैत्रीपूर्ण खेल हुने भएको अवस्थामा केहि समय मैदान मर्मतका लागि पनि दिनुपर्ने हुँदा लिगका केहि खेल सातदोबाटोस्थित एन्फा मैदानमा गरिने मिश्रले प्रष्ट पारे ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो चरणको खेल तालिका सार्वजनिक गर्दै मंसिर ३ गते लिग सुरु गरेको थियो । दोस्रो चरणका ३ खेल बाँकी छ । जसअनुसार आइतबार जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । त्यस्तै ब्रिगेड ब्वाइज क्लब र न्यूरोड टिम एनआरटी तथा त्रिभुवन आर्मी फुटबल क्लब र साविक विजेता मछिन्द्र क्लबबीच सोमबार प्रतिस्पर्धा भएसँगै दोस्रो चरणको खेल सकिनेछ ।

एन्फाले पहिलो पटक विकेन्ड लिगको अवधारण अनुसार शुक्रबारदेखि सोमबार सम्म खेल गराउँदै आएको छ । शुक्रबार र शनिबार समान २ , आइतबार १ र सोमबार फेरि २ खेलका आधारमा एन्फाले पहिलो दुई चरणको खेल सार्वजनिक गरेको थियो ।

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

December 17, 2025

चेल्सी लिग कपको सेमिफाइनलमा

एजेन्सी – चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन। […]

Success

Thank you for your time.