4 years ago
November 28, 2021
काठमाडौं (हाम्रो खेलकुद)– लिगको सर्वाधिक सफल टोली मनाङ मस्र्याङ्दी क्लबले लिगका आफ्ना ५ खेल पोखरामा खेलाउने योजनाका साथ क्लबहरुलाई प्रस्ताव गरेको छ ।

मनाङको तर्फबाट क्लबहरुलाई प्रस्ताव गर्ने जिम्मेवारी पाएका सदस्य विजय घलले भोली सम्म पोखरा खेल्न तयार हुने टोलीको टुंगो लाग्ने बताएका छन् । ‘हामीले ५ वटा खेल पोखरामा खेलाउने गरि क्लबहरुलाई प्रस्ताव गरेका छौं, एन्फा सदस्य समेत रहेका उनले भने,‘ केहिबाट सकारात्मक जवाफ पाएका छौं । क्लबहरु राजी भएको खण्डमा मात्र पोखरामा खेल हुन्छ ।’
लिग कमिटीका निर्देशक मिश्र मनाङ र खेल परेका अन्य क्लब दुवै पक्ष राजी भएर लिखित सहमति खण्डमा मात्र पोखरामा लिगका खेल खेलाउन सकिने बताउँछन् । यो दुई पक्षको समझदारीका आधारमा मात्र तय हुन्छ, उनले भने,‘ एन्फाले क्लबहरुलाई खेल्न जानका लागि बाध्य पार्न सक्दैन ।’
पोखरामा लाग्ने सबै खर्च भने मनाङले नै बेहोर्नुपर्ने हुन्छ । खेलका लागि आवश्यक म्याच अफिसियल, अर्को क्लबका खेलाडी, प्रशिक्षकसहितको टोली मनाङले नै बेहोर्नुपर्ने हुन्छ, मिश्रले भने,‘त्यहाँ टिकट विक्रीबाट संकलन हुने रकम पनि मनाङकै हुनेछ । भविष्यमा होम एण्ड अवेका आधारमा लिग सञ्चालन गर्ने उद्देश्य भएकाले यदि यसपटक पोखरामा केहि हुन सकेको खण्डमा त्यो नयाँ अभ्यास हुने मिश्र बताउँछन् ।
कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको नौं चरण सम्मको खेल तालिका सोमबार सार्वजनिक हुने भएको छ । दशरथ रंगशालासहित ४ वटा मैदानमा खेलाउने योजनाका साथ लिग सुरु गरेको एन्फाले केहि प्राविधिक कठिनाईका कारण खेल तालिका सार्वजनिक नगरेको लिग कमिटीका निर्देशक सञ्जिव मिश्रले जानकारी दिए ।
‘९ राउन्ड सम्म कुन कुन क्लबीच प्रतिस्पर्धा हुन्छ भन्ने यसअघि नै तय भइसकेको छ । सबै क्लबलाई त्यस बारेमा जानकारी दिइसकेका छौं, उनले भने,‘खाली मिती र मैदानका कारण हामीले सार्वजनिक नगरेका हौं । मैदान पछि तय गर्ने गरि भएपनि सोमबार सम्म ९ राउन्ड सम्मको खेल तालिका सार्वजनिक गर्ने गरि तयारी गरिरहेका छौं ।
दशरथ रंगशाला, एन्फा कम्प्लेक्सको क्रितिम मैदान, च्यासल मैदानसहित एन्फाले मनाङको प्रस्तावमा केहि खेल पोखरा रंगशालामा खेलाउने योजना सार्वजनिक गरेको थियो । च्यासल मैदानको हकमा अहिले सम्म पनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई नै हस्तान्तरण नभएकोले तत्काल खेलाउने सम्भावना कम रहेको मिश्रले बताए ।
दशरथ रंगशालामा अघिल्लो लिगको दाँजोमा दर्शकको उपस्थिति उल्लेख भएकोले बढी खेल त्यहि मैदानमा खेलाउने विषयमा पनि एन्फाले छलफल अघि बढाइरहेको मिश्रले बताए । यद्दपी केहि खेल भने एन्फा मैदानमा गर्नैपर्ने उनको तर्क छ । ‘नौं चरण भित्र मनाङले खेल्नुपर्ने क्लबहरु खेल्न तयार भएको लिखित सहमति पत्र प्राप्त भएको अवस्थामा मात्र पोखरामा केहि खेल हुनेछन्,’ मिश्रले भने ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो चरणको खेल तालिका सार्वजनिक गर्दै मंसिर ३ गते लिग सुरु गरेको थियो । दोस्रो चरणका ३ खेल बाँकी छ । जसअनुसार आइतबार जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । त्यस्तै ब्रिगेड ब्वाइज क्लब र न्यूरोड टिम एनआरटी तथा त्रिभुवन आर्मी फुटबल क्लब र साविक विजेता मछिन्द्र क्लबबीच सोमबार प्रतिस्पर्धा भएसँगै दोस्रो चरणको खेल सकिनेछ । एन्फाले पहिलो पटक विकेन्ड लिगको अवधारण अनुसार शुक्रबारदेखि सोमबार सम्म खेल गराउँदै आएको छ ।
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]
December 17, 2025
एजेन्सी – चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन। […]