default_image

4 years ago

November 28, 2021

पहिलो हाफमा पुलिस र जावलाखेलको बराबरी

196 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय नेपाल पुलिस क्लब र जावलाखेल युथ क्लबले पहिलो हाफमा बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा दुवै टोलीले गोलका केही अवसर चुकाउँदा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको हो । खेलको १०औं मिनेटमा अमिर श्रेष्ठको पेनाल्टी बक्सबाहिरको प्रहार शत्रुघन कुमार चौधरीले टच गर्दा जावलाखेल अग्रता लिनबाट चुक्यो ।

३५औं मिनेटमा पुलिसको प्रयासलाई जावलाखेलका गोलरक्षक टेकेन्द्र सिहं थापाले अघि बढ्दै बचाए । ३९औं मिनेटमा रुप बहादुर लामाको फ्रिकिकलाई गोलरक्षक शत्रुघन कुमार चौधरीले सहजै नियन्त्रणा लिए । लगत्तै ४०औं मिनेटमा रवि पासवानको क्रसमा तेज तामाङको प्रहार गोलरक्षक टेकेन्द्र सिंह थापाले पञ्च गर्दै बचाए ।

दुवै टोली पहिलो जितको खोजीमा रहेको छ । पुलिसले आर्मीसँग १–१ गोलको बराबरी तथा जावलाखेलले मनाङसँग १–० को हार बेहोरेको थियो ।

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

December 17, 2025

चेल्सी लिग कपको सेमिफाइनलमा

एजेन्सी – चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन। […]

Success

Thank you for your time.