default_image

4 years ago

November 28, 2021

‘लिगको हरेक खेल कठिन छ’

327 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– यसपटक कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा हरेक टोलीविरुद्धको खेल कठिन हुने नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले बताएका छन् ।

आइतबार जावलाखेल युथ क्लबमाथि १–० को कठिन जित निकालेपछि थापाले भने, ‘५०-५० खेल थियो । पछि सुमन लामालाई पठाएपछि हामीले चाहे अनुसारको नतिजा निकाल्यौं ।’ उनले यसपटक लिगमा सबै टोलीको स्तर समान रहेको जनाउँदै कुनैपनि टोलीलाई सहज नहुने बताए ।

‘जावलाखेलसँग मात्र होइन यसपटक सबै टोलीसँग खेल्न कठीन नै हुन्छ । सबैको स्तर उस्तै देखिन्छ । रेलिगेसनमा को पर्छ र लिग कसले जित्छ भन्न सक्ने अवस्था नै छैन’, थापाले भने, ‘आज हामी केहि भाग्यशाली पनि रह्यौं ।’

नेपाली फुटबल व्यावसायिक हुँदै गएको औंल्याउदै थापाले विभागिय टोलीले पनि विदेशी खेलाडी ल्याएमा उपाधि दाबेदारी प्रस्तुत गर्न सकिने बताए । ‘एएफसी क्लब लाइसेन्स लिनै पर्ने भएपछि अब विभागिय टोलीले पनि विदेशी खेलाडी ल्याउनु उपयुक्त हुन्छ’, उनले थपे, ‘हाम्रो टोलीमा युवा खेलाडी छन् । अब यसमा तीन विदेशी खेलाडी थप्ने हो भने टोली एकदम राम्रो हुन्छ । त्यसले उपाधिमा दाबेदारीमै बलियो हुन्छ ।’

थापाले राष्ट्रिय टोलीबाट खेलिसकेका विंगर रवी पासवानको खुलेर तारिफ गरे । खेलको म्यान अफ द म्याच समेत घोषित उनले सुमन लामाको गोलमा असिस्ट दिएका थिए । यसबाहेक उनको एक प्रहार पोस्टमा लाग्दा केहि सुन्दर अवसर सिर्जना गरेका थिए । ‘रवी राम्रो खेलाडी हो । गति र स्टामिना राम्रो भएको खेलाडी हो । उसलाई आज विपक्षी हाफमा स्वतन्त्र भएर खेल्न भनेको थिएँ । उसले राम्रो खेल्न सक्छ भनेर नै हौसला बढाएका थियौं । आज टोलीको लागि राम्रो प्रदर्शन गर्यो,’ उनले थपे ।

पहिलो खेलमा पुलिस अर्को विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग १–१ को बराबरी खेलेको थियो । २ खेलमा पुलिसको ४ अंक पुगेको छ ।

लगातार दोस्रो खेल १–० ले गुमाएपछि जावलाखेलका प्रशिक्षक किशोर केसीले हारलाई दुर्भाग्य बताए । ‘खै के भइरहेको छ । राम्रो खेल्दा खेल्दै पनि हारिरहेका छौं’, उनले भने, ‘आज दोस्रो हाफमा हामीले राम्रो गरेका थियौं । मौका पनि पायौं । त्यसमा असफल भयौं । काउन्टर एट्याकमा पुलिस भाग्यशाली रह्यो ।’

पहिलो खेलमा खेलमा जावलखेल मनाङ मर्स्याङ्दी क्लबसँग १–० ले गुमाएको थियो । जावलाखेल अंकविहिन छ ।

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

December 17, 2025

चेल्सी लिग कपको सेमिफाइनलमा

एजेन्सी – चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन। […]

Success

Thank you for your time.