default_image

4 years ago

November 29, 2021

बिबिसी र एनआरटी भिड्दै

195 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार २ खेल सँगै दोस्रो चरणका सम्पन्न हुँदैछ । दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुने खेलमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) र न्यूरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुँदैछ ।

एपिएफ विजय यात्रालाई निरन्तरता दिने प्रयासमा हुनेछ भने एनआरटी पहिलो जितेको खोजीमा हुनेछ । प्रतिस्पर्धात्मक खेलमा नेपाल एपिएफ क्लबलाई ३–२ ले हराउँदै बिबिसीले यसपटकको लिगमा विजयी सुरुवात गरेको थियो । इन्ज्युरी समयमा गोल गर्दै बिबिसीले महत्वपूर्ण ३ अंक जोडेको थियो ।

एनआरटी साविक विजेता मछिन्द्रसँग २–१ को हार बेहोरेको थियो । एक समय १–१ को बराबरी गरेको एनआरटीले मछिन्द्रलाई बराबरीमा रोक्न सकेन ।

दोस्रो चरणका खेलमा थ्री स्टार क्लबलाई सातदोबाटो युथ क्लबले १–० ले स्तब्ध पारेको थियो । अन्य खेलमा संकटा क्लबलाई फ्रेन्ड्स २–१, च्यासलले एपिएफ, मनाङ मस्र्याङ्दीले हिमालयन शेर्पालाई र नेपाल पुलिस क्लबले जावलाखेल युथ क्लबलाई समान १–० ले हराएको थियो ।

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

December 17, 2025

चेल्सी लिग कपको सेमिफाइनलमा

एजेन्सी – चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन। […]

Success

Thank you for your time.