default_image

4 years ago

November 29, 2021

साविक विजेता मछिन्द्र र उपविजेता आर्मी भिड्दै

268 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको अघिल्लो संस्करणको अन्तिम खेलमा मछिन्द्र क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा भएको थियो । २०७६ फागुन ३ गतेको अन्तिम खेलबाट लिग उपाधिको छिनोफानो हुने अवस्थामा थियो ।


आर्मीले बराबरी गर्दा च्याम्पियन बन्ने अवस्था थियो भने मछिन्द्रलाई जित्नै पर्ने अवस्था थियो । तुलानात्मक रुपमा मछिन्द्रलाई भन्दा नतिजाले पुग्ने आर्मी फेरि एक पटक चुक्दा दोस्रो पटक च्याम्पियन हुने अवसरबाट बञ्चित भएको थियो । विकास तामाङको आत्मघाती गोलमा १–० ले विजयी हुँदै मछिन्द्र पहिलो पटक लिग च्याम्पियन बनेको थियो ।

आर्मीको लिगमा समान कथा २०६३ सालमा पनि भएको थियो । नेपाल पुलिस क्लबसँग बराबरी गर्दा पुग्ने अन्तिम खेल गुमाउँदा आर्मीले उपविजेतामा चित्त बुझाउनु परेको थियो । त्यति बेला पुलिस पहिलो पटक लिग च्याम्पियन बनेको थियो । आर्मी भने अहिले सम्म च्याम्पियन बन्न सकेकेको छैन ।

दुई पटक उपाधि नजिक पुगेर पनि चुकेको आर्मीले यसपटक भने साविक विजेता मछिन्द्रको दोस्रो खेलमा नै सामना गर्दै छ । दशरथ रंगशालामा सोमबार दिउँसो ४ः४५ बजे अघिल्लो संस्करणको अन्तिम खेलको झल्को दिने गरि मछिन्द्र र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । यद्दपी त्यति बेला जत्तिको दबाबमा भने यसपटक टोली हुने छैनन् । त्यो उपाधिको छिनोफानो हुने खेल थियो भने यसपटक उपाधि जित्न आधार तयार पार्ने खेलमा एक अर्काको सामना गर्नुपर्नेछ ।

आर्मीले बराबरीबाट यसपटकको लिगको सुरुवात गर्दै भने मछिन्द्रले जितबाट यात्रा थालेको छ । आर्मी अर्को विभागिय टोली पुलिससँग १–१ को बराबरी खेलेको थियो । मछिन्द्रले भने एनआरटीलाई २–१ ले हराएको थियो । तुलात्मक रुपमा मछिन्द्र अन्य १३ टोलीमा भन्दा स्टार खेलाडीहरु बढी रहेका छन् ।

दोस्रो चरणका खेलमा थ्री स्टार क्लबलाई सातदोबाटो युथ क्लबले १–० ले स्तब्ध पारेको थियो । अन्य खेलमा संकटा क्लबलाई फ्रेन्ड्स २–१, च्यासलले एपिएफ, मनाङ मस्र्याङ्दीले हिमालयन शेर्पालाई र नेपाल पुलिस क्लबले जावलाखेल युथ क्लबलाई समान १–० ले हराएको थियो ।

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

December 17, 2025

चेल्सी लिग कपको सेमिफाइनलमा

एजेन्सी – चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन। […]

Success

Thank you for your time.