default_image

4 years ago

November 29, 2021

एनआरटीलाई पहिलो अंक

191 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– न्युरोड टिम (एनआरटी) ले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो अंक जोडेको छ । ब्रिगेड ब्वाइज क्लब (बिबिसी) सँग गोलरहित बराबरी खेल्दै एनआरटीले दोस्रो खेलबाट पहिलो अंक जोडेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको निराशजनक खेलमा दुवै टोलीले गोलको उल्लेख्य आक्रमण बुन्न सकेनन् । ५०औं मिनेटमा दिनेश राईको प्रहार आकासिदा बिबिसीले अग्रता लिनबाट चुक्यो । ६०औं मिनेटमा सुजन गुरुङको पेनाल्टी बक्सबाहिरको प्रहार सदुयोग हुन सकेन । ६१औं मिनेटमा मेसुके ओलुमोउको क्रस सदुपयोग हुन सकेन ।

६५औं मिनेटमा दिनेशको पेनाल्टी बक्सभित्रको प्रहार गोलरक्षक अजित प्रजापतिले पञ्च गर्दै बचाए । ८५औं मिनेटमा ड्याडी जुनियर वाम्वाको हेडर सदुपयोग हुन सकेन । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा रुडीको प्रहारलाई एनआरटीका गोलरक्षक अजितले पञ्च गर्दै बचाए ।

बराबरीपछि एनआरटीको दुई खेलबाट १ अंक पुगेको छ । अपराजित बिबिसीको दुई खेलबाट ४ अंक छ । बिबिसीले पहिलो खेलमा नेपाल एपीएफ फुटबल क्लबलाई ३–२ ले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । एनआरटीले पहिलो खेलमा साविक विजेता मछिन्द्रसँग २–१ को हार बेहोरेको थियो ।

लिगमा आजै दोस्रो राउन्डको अन्तिम खेलमा साविकको विजेता मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच दिउँसो ४ः४५ बजे हुनेछ । मच्छिन्द्र लगातार दोस्रो जितको खोजीमा रहँदा आर्मी पहिलो जितको लक्ष्यमा हुनेछ । मच्छिन्द्रले पहिलो खेलमा एनआरटीलाई २–१ ले पराजित गर्दा आर्मीले विभागीय डर्वीमा पुलिससँग १–१ गोलको बराबरी खेलेको थियो ।

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

Success

Thank you for your time.