4 years ago
November 29, 2021
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता मच्छिन्द्र फुटबल क्लबर र उपविजेता विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा आर्मी र मच्छिन्द्रले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । यो बराबरीसँगै दुवै टोलीको उपाधि यात्रामा धक्का लागेको छ । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो ।
२६औं मिनेटमा रन्जित धिमालको क्रसमा नुर्लान नोभ्रुजोभको ब्याकहिललाई गोलरक्षक विकेश कुथुले नियन्त्रणमा लिन नसकेको बललाई सुनिल बलले प्रयास गरेपनि डिफेन्डरले क्लियर गर्दा मच्छिन्द्र अग्रता लिनबाट चुक्यो ।
६०औं मिनेटमा सुनिल बलको फ्रिकिकलाई गोलरक्षक विकेश कुथुले नियन्त्रणमा लिन नसक्दा डिफेन्डरले क्लियर गरिदिदै आर्मीको संकट टारे । दोस्रो हाफमा दुवै टोलीबाट खासै आक्रमण बुन्न सकेन ।
गत सिजनको लिगको अन्तिम खेलमा मच्छिन्द्रले आर्मीलाई १–० ले पराजित गर्दै पहिलोपटक उपाधि जितको थियो । बराबरीसँगै मच्छिन्द्रको दुई खेलबाट ४ अंक पुगेको छ । दोस्रो बराबरी खेलेको आर्मीको २ अंक छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]