default_image

4 years ago

November 29, 2021

उपाधि दाबेदारकै फरवार्ड लाइनमा समस्या

209 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अघिल्लो संस्करणको कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको विजेता साविक विजेता मछिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले यसपटक सोमबार गोलरहित बराबरी खेल्दा दुवै टोलीका प्रशिक्षकले फरवार्ड लाइनमा समस्या रहेको बताए ।

२०७६ फागुन ३ गते लिगको अन्तिम खेलमा आर्मीलाई हराउँदै पहिलो पटक लिग मछिन्द्रलाई लिग च्याम्पियन बनाएका प्रशिक्षक प्रवेश कटुवालले सोमबारको बराबरीपछि भने, ‘हामीले सोचे अनुरुपको प्रदर्शन गर्न सकेनौं । आर्मी सेट टोली हो । उनीहरुले राम्रो खेले । हाम्रोमा प्रोपर फरवार्डको कमी प्रष्ट देखियो । विमल घर्तीमगर पूर्ण रुपमा फिट छैनन् । हाम्रो सेन्टर फरवार्ड रेजिन सुब्बा चोटका कारण अझै एक महिना खेल्न सक्ने अवस्थामा छैनन् ।’

टोलीका अर्का फरवार्ड अभिषेक रिजालले पनि सोचे अनुरुपको प्रदर्शन गर्न नसकेको कटुवाको भनाई थियो । ‘अभिषेकले प्रशिक्षणमा राम्रो गर्दै आएका छन् । त्यसले हामीले उनलाई मौका दिएका हौं’, उनले भने, ‘तर पछिल्ला दुई खेलमा उनले अपेक्षा अनुसार खेल्न सकेका छैनन् ।’

उता आर्मीका प्रशिक्षक नवीन न्यौपानेले पनि फरवार्ड लाइनमा समस्या रहेको बताए । ‘नवयुग श्रेष्ठको अभाव खड्कियो । हामीले रक्षापंक्तिमा एकदम राम्रो खेल्यौं’, उनले भने, ‘तर मिडफिल्ड र फरवार्ड लाइनमा राम्रो गर्न सकेनौं । ७० मिनेटपछि केहि खेलाडी परिवर्तन गरेपछि भने हामीले खेलमा पकड जमायौं । तर स्कोर भने भएन । ठूलो टोलीहरु संग अंक लिन नसक्दा उपाधि जित्ने लक्ष्यमा धक्का पुग्छ नै । चोटग्रत नवयुगको गत महिना घुँडाको शल्यक्रिया गरिएको थियो । उनले यसपटकको लिग पूरै गुमाउने सम्भावना छ ।’

राष्ट्रिय टोलीका पूर्व मिडफिल्डर जगजित श्रेष्ठलाई पनि आर्मीले भित्राएको छ । तर, उनी अझै टोलीमा घुलमिल हुन बाँकी रहेको प्रशिक्षक न्यौपानेले बताए । ‘अष्ट्रेलियाबाट लिग खेल्दै स्वदेश फर्केका जगजितले उत्कृष्ट खेलाडी भएपनि आर्मीको इन्टेन्समा भिज्न केहि समय लाग्न सक्ने बताए । उ एकदम राम्रो खेलाडी हो । तर आर्मीको आफ्नै शैली छ । त्यसमा अभ्यस्त हुन सायद केहि समय लाग्छ होला,’ उनले थपे ।

विभैया टोली आर्मी र एपिएफले क्लब लाइसेन्स प्राप्त गरेपछि विदेशी खेलाडी अनुबन्ध गर्ने चर्चा पनि चलेको छ । न्यौपानेले क्लब लाइसेन्स प्राप्त पछि विदेशी खेलाडीका लागि क्लबमा भित्राउन बाटो खुले पनि त्यहि सहज भने नभएको बताए । ‘यो माथिबाट पहल गर्नुपर्ने हुन्छ । तर अहिले हामीसँग जति खेलाडी छन् । त्यसको आधारमा विदेशी नहुँदा पनि फरक पर्दैन’, उनले थपे, ‘तर पछि क्लबको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नपर्दा भने विदेशी खेलाडी आवश्यक पर्न सक्छ ।’

आर्मीले २ खेलमा दोस्रो बराबरी गर्दै २ अंक जोडेको छ । मछिन्द्रले भने २ खेलमा ४ अंक जोडेको छ । लिगको शीर्षस्थानमा २ खेलमा ६ अंक जोडेको मनाङ मर्स्याङ्दी रहेको छ । मनाङले पहिलो चरणमा जावलाखेललाई तथा दोस्रो चरणमा नेपाल आइस हिमालयन शेर्पालाई समान १-० ले पराजित गरेको थियो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.