4 years ago
November 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको सोमबार दोस्रो चरणको समाप्ती सम्म आइपुग्दा शतप्रतिशत सफल नतिजा निकाल्ने मनाङ मर्स्याङ्दी क्लब एक्लो टोली रहेको छ ।

लिगको सर्वाधिक सफल टोलीले वाह भन्ने खेल प्रदर्शन गर्न नसकेपनि दुवै खेलमा १–० का जित निकाल्न सफल भएको छ । पहिलो खेलमा जावलाखेल युथ क्लबलाई १–० ले हराएको मनाङले दोस्रो चरणमा हिमालयन शेर्पा क्लबलाई सोही अन्तरमा हराएको थियो ।
दोस्रो चरणमा अप्रत्यासित नतिजाको शिकार भने लिगको पूर्व विजेता टोली थ्री स्टार क्लब रहेको छ । पहिलो खेलमा छिमेकी च्यासल युथ क्लबमाथि ३–० को नतिजा निकालेको थ्री स्टार दोस्रो चरणमा नवप्रवेशी सातदोबाटो युथ क्लबसँग १–० ले स्तब्ध भएको थियो । दुई खेलमा अपराजित रहेको सातदोबाटोसँगै ५ टोलीको समान ४ अंक छ ।
दोस्रो चरणमा मनाङसँगै सातदोबाटो, संकटा क्लब, च्यासल, नेपाल पुलिस क्लबले जित निकाले । अन्तिम दिन सोमबारको खेलमा ब्रिगेड ब्वाइज क्लब र न्यूरोड टिम तथा त्रिभुवन आर्मी फुटबल क्लब र मछिन्द्र फुटबल क्लबले गोलरहित बराबरी खेले । गत संस्करणको विजेता मछिन्द्र र उपविजेताले यसपटक दोस्रो खेलमै एकअर्काको सामना गर्दा गोलरहित बराबरीमा चित्त बुझाउनु परेको थियो ।
दोस्रो चरण सम्म आइपुग्दा सहभागी १४ मध्य आधा टोली अपराजित छन् । मनाङसँगै संकटा, बिबिसी, मछिन्द्र, पुलिस, सातदोबाटो र आर्मी अपराजित छन् । पहिलो चरणको दाँजोमा दोस्रो चरणमा गोल संख्या आधा भन्दा पनि कम भएको छ । पहिलो चरणमा १६ गोल हुँदा दोस्रो चरणमा भने ७ गोल मात्र भएको थियो । सबै ७ गोल नयाँ अलग अलग खेलाडीले गरेका छन् ।

७ खेलमा ५ खेलमा हार जित हुँदा २ खेल गोलरहित बराबरीमा टुंगिएको छ । ४ खेल १–० को र एक खेल २–१ को नतिजाका साथ टुंगिएको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार तेस्रो र चौथो चरणको खेल तालिका सार्वजनिक गरेको छ । जबकी सोमबार तेस्रो देखि नवौं चरण सम्मको खेल तालिका सार्वजनिक बताइएको थियो । तेस्रो र चौथो चरणका १४ खेल दशरथ रंगशालामा नै हुने भएको छ ।
तेस्रो चरणको पहिलो खेल मंसिर १७ गते दुई ललितपुरे टोली फ्रेन्ड्स क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । सोही दिन सातदोबाटो युथ क्लब र एपिएफ फुटबल क्लबले एकअर्काको सामना गर्नेछ । त्यस्तै चौथो चरणको पहिलो खेल मंसिर २४ गते मनाङ मस्र्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच हुनेछ । सोही दिन च्यासल युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
एन्फाले दशरथ रंगशालासहित राजधानीका ३ र पोखरा रंगशालाको प्रयोग गर्ने भनिएपनि अहिले सम्म अन्य मैदानमा कहिले खेल हुने तय भएको छैन । मनाङले आफ्ना ५ खेल पोखरामा खेल्नका लागि अन्य क्लबसँग पहल गरेपनि निर्णय भने भइनसकेको बताइएको छ । च्यासल मैदान अहिले सम्म राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई नै हस्तान्तरण नभएकाले त्यहाँ लिग हुने सम्भावना कम छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भने केहि खेल हुने लिगका निर्देशक सञ्जिव मिश्रले बताएका छन् ।
कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८
पहिलो राउन्ड
१. फ्रेन्ड्सविरुद्ध सातदोबाटो (०–०)
२. शेर्पाविरुद्ध संकटा (१–१)
३. च्यासलविरुद्ध थ्री स्टार (०–३)
४. बीबीसीविरुद्ध एपीएफ (३–२)
५. जावलाखेलविरुद्ध मनाङ (०–१)
६. आर्मीविरुद्ध पुलिस (१–१)
७. मच्छिन्द्रविरुद्ध एनआरटी (२–१)
दोस्रो राउन्ड
८. सातदोबाटोविरुद्ध थ्री स्टार (१–०)
९. संकटाविरुद्ध फ्रेन्ड्स (२–१)
१०. च्यासलविरुद्ध एपीएफ (१–०)
११. शेर्पाविरुद्ध मनाङ (०–१)
१२. जावलाखेलविरुद्ध पुलिस (०–१)
१३. बीबीसीविरुद्ध एनआरटी (०–०)
१४. आर्मीविरुद्ध मच्छिन्द्र (०–०)
जम्मा खेलः १४
जम्मा गोलः २३
पहिलो हाफमा गोलः ७ गोल
दोस्रो हाफमा गोलः १६ गोल
ह्याट्रिकः ०
गोलकर्ता
१. लक्ष्मण रुचाल (संकटा)– १+
२. त्रिदेव गुरुङ (हिमालयन शेर्पा)– १+
३. निशान खड्का (थ्री स्टार) – १+
४. राफयल रिमगागो (थ्री स्टार) – १+
५. अनन्त तामाङ (थ्री स्टार) – १+
६. दिनेश राई (बिबिसी) – २+
७. आशिष लामा (एपिएफ)– १+
८. विकी तामाङ (एपिएफ) – १+
९. सुरज गुरुङ (बिबिसी) – १+
१०. दिनेश राजवंशी (मनाङ)– १+
११. सन्तोष हेमरुन (पुलिस)– १+
१२. विवेक बस्नेत (आर्मी)– १+
१३. सुनिल बल (मछिन्द्र)– २+
१४ एरिक विष्ट (एनआरटी)– १+
१५. सुदिप गुरुङ (सातदोबाटो) – १+
१६. प्रकाश बुढाथोकी (फ्रेन्ड्स)– १+
१७. निरज बस्नेत (संकटा)– १+
१८. फोडे फोफाना (संकटा) – १+
१९. रुमेश बर्ताैला (च्यासल) – १+
२०. ओलावाले (मनाङ)– १+
२१. सुमन लामा (पुलिस)– १+
आत्मघाती गोल – ०
पहेंलो कार्डः ४५ [नविन श्रेष्ठ – मछिन्द्र अफिसियल, युगल किशोर राई – हिमालयन शेर्पा प्रशिक्षक]
रातो कार्ड – १ [रोनेल एन्थोनी पउल (फ्रेन्ड्स) सातदोबाटोविरुद्ध]
पेनाल्टीमा गोल – ०
पेनाल्टी मिस – १ [विकास मेराग्लिया (थ्री स्टारविरुद्ध)]
सहिद स्मारक ए डिभिजन लिगको अंक तालिका

December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]