default_image

4 years ago

December 2, 2021

ए डिभिजन लिग –तेस्रो चरणको २ खेल सर्यो

408 views

0 Bookmark


काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले दशरथ रंगशालामा जारी कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गतको तेस्रो चरणको दुई खेल दुई दिन पछि सारेको छ ।

यसअघि सोमबारका लागि तय भएको हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीचको पहिलो तथा जावलाखेल युथ क्लब र मछिन्द्रबीचको दोस्रो खेल बुधबार हुने भएको छ । एथलेटिक्स परिवार नेपालको आयोजनामा आइतबार र सोमबार दशरथ रंगशालामा युथ एथलेटिक्स च्याम्पियनसिप आयोजना हुने भएकाले एन्फाले सोमबारको खेल दुई दिन सारेको हो । तेस्रो चरणका अन्य खेल भने पूर्व निर्धारित मिति अनुसार नै हुनेछ ।

दुई चरणको समाप्तीमा कीर्तिमानी आठ पटकको लिग विजेता मनाङ मस्र्याङ्दी क्लब ६ अंकसहित शीर्षस्थानमा रहेको छ । सुरुवाती दुवै खेल जित्ने मनाङ एक्लो टोली हो । समान ४ अंक रहेको संकटा क्लब दोस्रो, ब्रिगेड ब्वाइज क्लब तेस्रो, मछिन्द्र चौथो, पुलिस पाँचौं र सातदोबाटो छैटौं स्थानमा छ । शीर्ष ६ स्थानमा रहेका टोली र २ अंकका साथ नवौं स्थानमा रहेको आर्मी २ खेल सम्म अपराजित छन् ।

बाँकी ७ मध्ये ५ टोलीले एक खेलमा हार बेहोर्दा जावलाखेल र एपिएफ भने जित विहिन छन् । ३ अंक जाडेका थ्री स्टार सातौं, च्यासल आठौं, १ अंक जोडेका शेर्पा दसौं, फ्रेन्ड्स ११ औं, एनआरटी १२ औं स्थानमा छ । अंक विहिन जावलाखेल १३ औं र एपिएफ अंक तालिकाको पुछारमा रहेको छ ।

लिगको तेस्रो चरणका खेलतालिका
२०७८ मंसिर १७ गते फ्रेन्ड्सविरुद्ध थ्री स्टार १ः०० बजे

सातदोबाटोविरुद्ध एपिएफ ४ः४५ बजे

२०७८ मंसिर १८ गते संकटाविरुद्ध मनाङ १ः०० बजे

च्यासलविरुद्ध एनआरटी ४ः४५ बजे

२०७८ मंसिर १९ गते बिबिसीविरुद्ध आर्मी ४ः४५ बजे

२०७८ मंसिर २२ गते हिमालयन शेर्पाविरुद्ध पुलिस १ः०० बजे
जावलाखेलविरुद्ध मछिन्द्र ४ः४५ बजे

लिगका चौथो चरणका खेलतालिका

२०७८ मंसिर २४ गते – मनाङविरुद्ध फ्रेन्ड्स १ः०० बजे
च्यासलविरुद्ध आर्म ४ः४५ बजे

२०७८ मंसिर २५ गते – सातदोबाटोविरुद्ध एनआरटी १ः०० बजे
हिमालयन शेर्पाविरुद्ध मछिन्द्र ४ः४५ बजे

२०७८ मंसिर २६ गते – थ्री स्टारविरुद्ध पुलिस ४ः४५ बजे

२०७८ मंसिर २७ गते – संकटाविरुद्ध एपिएफ १ः०० बजे
जावलाखेलविरुद्ध बिबिसी ४ः४५ बजे

कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८

पहिलो राउन्ड

१. फ्रेन्ड्सविरुद्ध सातदोबाटो (०–०)

२. शेर्पाविरुद्ध संकटा (१–१)

३. च्यासलविरुद्ध थ्री स्टार (०–३)

४. बीबीसीविरुद्ध एपीएफ (३–२)

५. जावलाखेलविरुद्ध मनाङ (०–१)

६. आर्मीविरुद्ध पुलिस (१–१)

७. मच्छिन्द्रविरुद्ध एनआरटी (२–१)

दोस्रो राउन्ड

८. सातदोबाटोविरुद्ध थ्री स्टार (१–०)

९. संकटाविरुद्ध फ्रेन्ड्स (२–१)

१०. च्यासलविरुद्ध एपीएफ (१–०)

११. शेर्पाविरुद्ध मनाङ (०–१)

१२. जावलाखेलविरुद्ध पुलिस (०–१)

१३. बीबीसीविरुद्ध एनआरटी (०–०)

१४. आर्मीविरुद्ध मच्छिन्द्र (०–०)

जम्मा खेलः १४

जम्मा गोलः २३

पहिलो हाफमा गोलः ७ गोल

दोस्रो हाफमा गोलः १६ गोल

ह्याट्रिकः ०

गोलकर्ता

१. लक्ष्मण रुचाल (संकटा)– १+

२. त्रिदेव गुरुङ (हिमालयन शेर्पा)– १+

३. निशान खड्का (थ्री स्टार) – १+

४. राफयल रिमगागो (थ्री स्टार) – १+

५. अनन्त तामाङ (थ्री स्टार) – १+

६. दिनेश राई (बिबिसी) – २+

७. आशिष लामा (एपिएफ)– १+

८. विकी तामाङ (एपिएफ) – १+

९. सुरज गुरुङ (बिबिसी) – १+

१०. दिनेश राजवंशी (मनाङ)– १+

११. सन्तोष हेमरुन (पुलिस)– १+

१२. विवेक बस्नेत (आर्मी)– १+

१३. सुनिल बल (मछिन्द्र)– २+

१४ एरिक विष्ट (एनआरटी)– १+

१५. सुदिप गुरुङ (सातदोबाटो) – १+

१६. प्रकाश बुढाथोकी (फ्रेन्ड्स)– १+

१७. निरज बस्नेत (संकटा)– १+

१८. फोडे फोफाना (संकटा) – १+

१९. रुमेश बर्ताैला (च्यासल) – १+

२०. ओलावाले (मनाङ)– १+

२१. सुमन लामा (पुलिस)– १+

आत्मघाती गोल – ०

पहेंलो कार्डः ४५ [नविन श्रेष्ठ – मछिन्द्र अफिसियल, युगल किशोर राई – हिमालयन शेर्पा प्रशिक्षक]

रातो कार्ड – १ [रोनेल एन्थोनी पउल (फ्रेन्ड्स) सातदोबाटोविरुद्ध]

पेनाल्टीमा गोल – ०

पेनाल्टी मिस – १ [विकास मेराग्लिया (थ्री स्टारविरुद्ध)]

सहिद स्मारक ए डिभिजन लिगको अंक तालिका

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.