default_image

4 years ago

December 2, 2021

एन्फासमक्ष फिफा रेफ्रीहरुको सामूहिक राजीनामा

261 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपालमा रहेका १० मध्ये ९ पुरुष फिफा रेफ्रीहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) समक्ष सामूहिक राजीनामा बुझाएका छन् ।

कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग चल्दै गर्दा रेफ्रीहरुलाई फिटनेस टेष्ट लिनुपर्ने एन्फाले बाध्यकारी दबाब दिएपछि रेफ्रीहरु सामूहिक राजीनामा दिएका छन् । उनीहरुले एन्फा कम्प्लेक्स पुगेर महासचिव इन्द्रमान तुलाधरलाई राजीनामा बुझाएका थिए ।

पछिल्लो पटक सेप्टेम्बर २३ मा फिटनेस टेष्ट दिएका रेफ्रीहरुलाई डिसेम्बर २३ अर्को टेष्ट दिन एन्फाले निर्देशन दिएको थियो । रेफ्रीले लिग चल्दा चल्दै टेस्ट दिन नसकिने र गर्नैपर्ने भए लिग रोकेर तयारीको समय दिनुपर्ने माग राखेका छन् । आफूहरुले माग राख्दा एन्फा नेतृत्व त्यसका लागि तयार नभएकोले राजीनामा दिएको एक रेफ्री जानकारी दिए ।

यसअघिका वर्षहरुमा वर्षको एकपटक फिटनेस टेष्ट गरिदै आएकोमा यसपटक भारतीय गौतम कौरलाई रेफ्री निर्देशकमा नियुक्ती गरेपछि रेफ्री माथि दबाब बढाइएको देखिएको छ । ‘हाम्रो निवेदन पनि नहेरी एन्फा अध्यक्ष ज्यूले हामी माथि गुटबन्दी गरेको , राजनीति गरेको आरोप लगाउनु भयो । जबकी हामीले आफ्नो समस्या लिएर गएका थियौं’, उनले भने,‘ हाम्रो आत्मसम्मानमा ठेस पुग्ने गरि एन्फाबाट व्यवहार भएपछि राजीनामा दिनुको विकल्प हामीसँग भएन ।’

कौर साढे तीन महिना अघि एन्फाको रेफ्री निर्देशकको भूमिकामा नियुक्त भएका थिए । तर उनको नियुक्ति नै पनि विवादरहित हुन सकेन । रेफ्री निर्देशक माग गर्दा कौरलाई लक्षित गर्दै म्याच कमिस्नर भएको हुनुपर्ने लगायत मापदण्ड राखेपछि अन्य अन्तर्राष्ट्रिय आवेदकको लागि बाटो बन्द भएको थियो । कौरले नेपाल आएदेखि नै आफ्नो कार्यक्षेत्र बाहिर गएर एन्फामा अनावश्यक दबाब दिँदै आएका थिए । राजधानीमा जारी लिग दौरान पनि म्याच संचालनका क्रममा उनको अनावश्यक हस्तक्षेप रहँदै आएको छ ।

‘यस्तो व्यवहार नदोहोरिने आश्वस्त पारेको खण्डमा हामी आफ्नो काम गर्न तयार छौं’, ती रेफ्रीले भने, ‘यस्तै अवस्थामा काम गर्न सकिने अवस्था भएन ।’ नेपालमा रहेका ४ फिफा रेफ्रीमध्ये ३ र ६ सहायक रेफ्रीले सामुहिक रेफ्रीले राजीनामा दिएका छन् । काठमाडौंमा नरहेका फिफा सहायक रेफ्रीमध्ये युनाल मल्लले भने मौखिक सहमति दिएको बताइएको छ ।

फिफा रेफ्री :

नविन्द्र महर्जन

प्रकाशनाथ श्रेष्ठ

प्रज्वल क्षेत्री

फिफा असिस्टेन्ट रेफ्री :

नानीराम थापा

विक्रम चौधरी

किशन यादव

युनाल मल्ल

माधव खत्री

सहदेव श्रेष्ठ

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.