default_image

4 years ago

December 2, 2021

फिफा रेफ्री राजिनामा प्रकरण : समस्या तत्काललाई समाधान

133 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पा र फिफा रेफ्रीहरु बीच बिहीबार साँझ छलफल भएपछि तत्कालका लागि समस्या समाधान भएको छ ।

अब शुक्रबारबाट सुरु हुने कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको तेस्रो चरणका खेल पूर्व निर्धारित रेफ्रीहरुले नै खेलाउने सहमति भएको छलफलमा भाग लिएका एक रेफ्रीले बताएका छन् । लिग चल्दा चल्दै रेफ्रीहरुलाई फिटनेस टेष्ट दिन एन्फाले बाध्यकारी दबाब दिएपछि बिहीबार दिउँसो ९ जना फिफा रेफ्रीले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई सामूहिक राजीनामा बुझाएका थिए । ९ मध्ये आर्मीमा आबद्ध फिफा सहायक रेफ्री माधव खत्री र विक्रम चौधरीले आफ्नो नाम फिर्ता लिएका थिए ।

‘अध्यक्ष ज्यूले आफूहरुको केहि कमजोरी भएको स्वीकार गर्दै लिग नरोक्न आग्रह गर्नुभयो । सबै विषयमा आइतबार वा सोमबार पुनः छलफल गर्नेगरि सहमति बनेपछि लिग पूर्वनिर्धारित कार्यक्रम अनुसार नै अघि बढ्नेछ’, ती रेफ्रीले भने, ‘हामीले फिटनेस टेष्ट नदिने भनेका छैनौं। त्यसका लागि हामीलाई केहि समय आवश्यक छ भनेका हौं । त्यहि विषयमा एन्फा र हामीबीच असमझदारी भएको हो ।’

पछिल्लो पटक सेप्टेम्बर २३ मा फिटनेस टेष्ट दिएका रेफ्रीहरुलाई डिसेम्बर २३ अर्को टेष्ट दिन एन्फाले निर्देशन दिएको थियो । रेफ्रीले लिग चल्दा चल्दै टेस्ट दिन नसकिने र गर्नैपर्ने भए लिग रोकेर तयारीको समय दिनुपर्ने माग राखेका छन् । आफूहरुले माग राख्दा एन्फा नेतृत्व त्यसका लागि तयार नभएकोले राजीनामा दिएको रेफ्री जानकारी दिएका थिए ।

यसअघिका वर्षहरुमा वर्षको एकपटक फिटनेस टेष्ट गरिदै आएकोमा यसपटक भारतीय गौतम कौरलाई रेफ्री निर्देशकमा नियुक्ती गरेपछि रेफ्री माथि दबाब बढाइएको बताइएको छ । ‘हाम्रो निवेदन पनि नहेरी एन्फा अध्यक्ष ज्यूले हामी माथि गुटबन्दी गरेको , राजनीति गरेको आरोप लगाउनु भयो । जबकी हामीले आफ्नो समस्या लिएर गएका थियौं’, उनले भने,‘ हाम्रो आत्मसम्मानमा ठेस पुग्ने गरि एन्फाबाट व्यवहार भएपछि राजीनामा दिनुको विकल्प हामीसँग भएन ।’

‘पहिला एन्फाले हाम्रो विषयमा सुन्नै चाहेको थिएन’, उनले भने, ‘अब उहाँहरुले मनन गरे जस्तो देखिएको छ । एन्फालाई अप्ठ्यारो पार्ने वा असहयोग गर्ने मनसाय होइन । हामीले आफ्नो समस्या सुनवाई नभएकोमा राजीनामा दिनुपर्ने अवस्थामा पुगेका हौं ।’

एन्फा महासचिव तुलाधरले लिग चलिरहेका बेला फिटनेस टेष्ट दिन गाह्रो हुने रेफ्रीहरुको भनाई रहेको बताएका छन् । ‘अध्यक्ष ज्यूले फिटनेस टेष्ट दिनैपर्छ भन्नु भएको हो । त्यसमा उहाँहरुको चित्त दुखाई रहेछ’, तुलाधरले भने, ‘अध्यक्ष ज्यू आफैंले रेफ्रीहरुसँग छलफल गर्नुभएको छ । लिग पूर्वनिर्धारित कार्यक्रम अनुसार नै हुनेछ ।’

फिफा रेफ्रीहरुको सामूहिक राजीनामा समर्थन गर्दै १५ मध्ये ८ राष्ट्रिय रेफ्रीले पनि एन्फा पुगेरै ऐक्यवद्धता जनाएको बताइएको छ । सामूहिक राजीनामा अहिले यथास्थितिमै राखिएको र अर्को छलफलपछि त्यसको बारेमा टुंगो लगाउने सहमति भएको पनि ती रेफ्रीले बताएका छन् ।

कौर साढे तीन महिना अघि एन्फाको रेफ्री निर्देशकको भूमिकामा नियुक्त भएका थिए । तर उनको नियुक्ति नै पनि विवादरहित हुन सकेन । रेफ्री निर्देशक माग गर्दा कौरलाई लक्षित गर्दै म्याच कमिस्नर भएको हुनुपर्ने लगायत मापदण्ड राखेपछि अन्य अन्तर्राष्ट्रिय आवेदकको लागि बाटो बन्द भएको थियो । कौरले नेपाल आएदेखि नै आफ्नो कार्यक्षेत्र बाहिर गएर एन्फामा अनावश्यक दबाब दिँदै आएको गुनासो सुनिन थालेको छ । राजधानीमा जारी लिग दौरान पनि म्याच संचालनका क्रममा उनको अनावश्यक हस्तक्षेप रहँदै आएको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.