4 years ago
December 4, 2021
काठमाडौं (हाम्रो खेलकुद)– महिला फिफा रेफ्री अन्जना राई र अखिल नेपाल फुटबल संघ (एन्फा) को रेफ्री विभागका रेफ्री म्यानेजर रोजेन श्रेष्ठ वैवाहिक बन्धनमा बाँधिने भएका छन् । त्रिभुवन आर्मी क्लबमा आबद्ध रहेकी अन्जना र पूर्व फिफा सहायक रेफ्री समेत रहेका रोजेनको बिहीबार टिकाटाला भएको थियो ।

दुई परिवारको उपस्थितिमा उदयपुर गाईघाटस्थित अन्जनाको घरमा टिकाटाला भएको थियो । रोजेनका अनुसार माघको ८ गते विवाह हुने तय भएको छ । व्यावसायिक कामकै सिलसिलामा भेट भएका उनीहरु पछिल्लो तीन वर्षदेखि प्रेममा रहेको रोजेनले बताए ।
पूर्व फुटबल खेलाडी समेत रहेका काठमाडौं बल्खुका ३५ वर्षे रोजेनले सन् २०१३ देखि २०२० सम्म फिफा सहायक रेफ्रीको भूमिका निर्वाह गरेका थिए । २८ वर्षे अन्जना भने यसै वर्ष फिफा रेफ्री बनेकी थिइन् ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]