default_image

2 years ago

December 6, 2021

अन्जनाको कप्तानीमा साफ यू-१९ खेल्ने टोलीको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला फुटबल टोलीकी समेत गोलरक्षक रहेकी अन्जना रानामगरको कप्तानीमा नेपाली महिला यू-१९ फुटबल टोलीले साफ यू-१९ च्याम्पियनसिप खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक कार्यक्रमबीच एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रतियोगितामा सहभागिता जनाउने टोलीलाई बिदाइ गर्यो । नेपाली टोली मंगलबार बंगलादेश प्रस्थान गर्ने कार्यक्रम रहेको छ । बिदाइ […]

132 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला फुटबल टोलीकी समेत गोलरक्षक रहेकी अन्जना रानामगरको कप्तानीमा नेपाली महिला यू-१९ फुटबल टोलीले साफ यू-१९ च्याम्पियनसिप खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक कार्यक्रमबीच एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रतियोगितामा सहभागिता जनाउने टोलीलाई बिदाइ गर्यो । नेपाली टोली मंगलबार बंगलादेश प्रस्थान गर्ने कार्यक्रम रहेको छ । बिदाइ कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप) का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ लगायत पदाधिकारीको उपस्थिति थियो ।

बंगलादेशको ढाकामा डिसेम्बर ११-२२ सम्म हुने प्रतियोगिताका लागि आइतबार २३ सदस्यीय टोली घोषणा भएको थियो । प्रशिक्षक हरिओम श्रेष्ठको नेतृत्वमा पछिल्लो तीन सातायता टोली एन्फा कम्प्लेस सातदोबाटोमा प्रशिक्षणरत थियो । उपमेयर कपको प्रदर्शनको आधारमा एन्फाले टोली दुई चरणमा छनोट गरेको हो । यसअघि ४० खेलाडी पहिलो चरणमा थिए ।

आइतबार घोषित टोलीमा गोलरक्षक अन्जना रानामगरसँगै डिफेन्डर विमला विक, मिडफिल्डर प्रिती राई र फरवार्ड रश्मिकुमारी घिसिङ, सविता रानामगर र रजनी थोकरले राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । यस्तै यू-१६ उमेर समूह र यसअघि यू-१९ उमेर समूहमा खेलिसकेका खेलाडी टोलीमा रहेका छन् ।

प्रतियोगितामा नेपाल, बंगलादेश, भारत, श्रीलंका र भुटानले राउन्ड रोबिन लिगमा प्रतिस्पर्धा गर्नेछन् । शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।

२३ सदस्यीय टोली :

अन्जना राना मगर, सावित्री किसान, अंकिता राई, सलोनी रानामगर, सविना चौधरी, मन्जु कुमारी खड्का, हिमा रावत, प्रतीक्षा चौधरी, सुष्मा तामाङ, रोजिना श्रेष्ठ, रजनी थोकर, विमला विक, रश्मिकुमारी घिसिङ, सदिपा भोलान, चन्द्रा भण्डारी, खुस्मा राई, दिपा शाही, कुसुम खतिवडा, सविता रानामगर, सरस्वती हमाल, प्रिती राई, अमिषा कार्की, मेनुका कुमारी आलेमगर

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.