default_image

4 years ago

December 11, 2021

बंगलादेशसँग नेपालको बराबरी

222 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले घरेलु टोली बंगलादेशसँग बराबरी खेलेको छ । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्ताफा कमल स्टेडियममा नेपालले घरेलु टिमसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले मौका खेर फालेको थियो । यस बराबरीसँगै नेपाल र बंगलादेशले समान १ अंक जोडेको छ । अब नेपालले दोस्रो खेलमा बुधबार श्रीलंकासँग खेल्ने तालिका छ । यस्तै नेपालले भुटानसँग १७ डिसेम्वरमा तथा भारतसँग १९ डिसेम्वरमा खेल्नेछ ।

राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंकाको सहभागिता रहेको छ । शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल डिसेम्बर २१ मा हुनेछ ।

त्यसअघि शनिबारै भएको च्याम्पियनसिपको पहिलो खेलमा भुटानले श्रीलंकालाई ५–० को भारी अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।भुटानको फराकिलो जितमा पेमा याङजोमले दुई तथा छिरिङ छोदेन र सोनाम ल्हामोले समान एक गोल गरिन् । एक गोल उपहार पाएको थियो ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.