4 years ago
December 13, 2021
काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत चौथो चरणका अन्तिम दुई खेल आज हुँदैछन् । दशरथ रंगशालामा दिउँसो १ः०० बजे सुरु हुने खेल नेपाल पुलिस क्लब र संकटा क्लबबीच हुनेछ । दिउँसो ४ः४५ बजे ललितपुरका दुई टोली ब्रिगेड ब्वाइज क्लब (बिबिसी) र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

समान ५ अंकका साथ छैटौं स्थानमा रहेको संकटा र सातौं स्थानको पुलिसले दोस्रो जितका लागि प्रयास गर्नेछन् । दुवै टोली जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लने प्रयासमा हुनेछन् । ३ खेल सम्म दुवै टोली अपराजित छन् । संकटा र पुलिसले ३ खेलमा १ जित र २ बराबरी खेलेका थिए ।
शीर्षस्थानको साविक विजेता मच्छिन्द्र र मनाङ मस्याङ्दी क्लबको समान १० अंक छ । तेस्रो स्थानको त्रिभुवन आर्मी फुटबल क्लबको ८, सातदोबाटो युथ क्लबको ७ अंक छ ।
अर्को खेलमा जावलाखेल पहिलो अंकको प्रयासमा बिबिसीविरुद्ध उत्रनेछ । ३ खेलमा जावलाखेलले अंकको मात्र होइन गोलको पनि खाता खोल्न सकेको छैन । ३ खेलमा टोलीले गोल खाइसकेको छ । बिबिसीले भने ३ खेलमा १ जित, १ बराबर र १ हारका साथ ४ अंक जोड्दै नवौं स्थानमा रहेको छ ।
लिगमा आइतबार थ्री स्टार क्लबसँग गोलरहित बराबरी गर्दै एपिएफ फुटबल क्लबले पहिलो अंक जोडेको थियो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]