4 years ago
December 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – न्यु रोड टिम (एनआरटी) का मिडफिल्डर एरिक विष्ट दुई दिनको अस्पताल बसाईंपछि डिस्चार्ज भएका छन् ।

शनिबार भएको सातदोबाटो युथ क्लबविरुद्ध खेलमा टाउकोमा चोट लागेर बेहोस भएपछि उनलाई त्रिपुरेश्वरस्थित दशरथ रंगशालासँगै रहेको ब्लु क्रस अस्पताल लागिएको थियो । सुरुवाती दिन आवश्यक परिक्षण गरेपछि उनलाई अति सघन कक्ष (आइसीयु) मा राखिएको थियो । परिक्षणमा कुनै समस्या नदेखिएपछि उनलाई थप एक दिन अब्जरभेसनमा राखेपछि सोमबार डिस्चार्ज गरिएको हो ।
सातदोबाटोविरुद्ध खेलमा दुई पटक टाउकोमा चोट लागेपछि उनलाई परिवर्तन गरिएको थियो । बाहिर ल्याएपछि एक्कासी बेहोस भएका उनलाई एम्बुलेन्समा अस्पताल लगिएको थियो । उनको सिटी स्क्यान लगायत सम्पूर्ण रिपोर्टमा कुनै समस्या देखिएको छैन । यद्यपी उनलाई चिकित्सकले कम्तिमा एक साता पूर्ण रुपमा शारीरिक विश्राम लिन सुझाव दिएका छन् ।

एनआरटीले सातदोबाटोविरुद्ध १-० को जितसँगै लिगमा पहिलो जित हासिल गरेको थियो । अब शनिबार हुने थ्री स्टारविरुद्ध खेल एरिकले गुमाउने सम्भावना छ । एरिकले एनआरटीका लागि लिगको पहिलो खेलमा मच्छिन्द्रविरुद्ध फ्रिकिकमा दर्शनीय गोल गरेका थिए । चोट बोक्नुअघि लिगमा पूरै समय खेलेका उनले सेन्टर मिडफिल्ड सम्हाल्दै आएका छन् ।
राष्ट्रिय टोलीमा समेत रहँदै आएका एरिक साफ च्याम्पियनसिपमा भने चोटका कारण टोलीमा परेका थिएनन् । लिगमा राम्रो प्रदर्शन गरिरहेका उनले राष्ट्रिय टोलीमा पुनरागमन गर्ने बलियो सम्भावना छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]