4 years ago
December 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो हाफमा बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा जावलाखेलले बीबीसीलाई दवावमा राख्दै आधा दर्जन बढी गोलको मौका सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो ।
१३औं मिनेटमा रुप बहादुर लामाको प्रहारलाई गोलरक्षक एन्जल श्रेष्ठले डाइभ दिदै मुस्किलले बचाए । १४औं मिनेटमा गोलरक्षक एन्जल अघि बढेर गरेको क्लियरेनस ओनगुना निकेंगेकोलाई लाग्दै पोस्ट नजिकै ड्रप हुँदै बाहिरिदा जावलाखेल अग्रता लिनबाट चुक्यो ।
३०औं मिनेटमा रुप बहादुर लामाको त्रसमा ओनगुना निकेंगे जुनियर नियन्त्रणमा लिन नसकेको बललाई लोइस एनजिमी कोउहामिले गरेको प्रहार पोस्टनजिकैबाट बाहिरिदा जावलाखेल अग्रता लिनबाट चुक्यो ।
४०औं मिनेटमा दिनेश राईको फ्रिकिकमा बर्टरान्ड इवोडे ओटोउको हेडरमा फ्लोरेन्ट कोराले ह्यान्ड गर्न पुगेपछि बीबीसीले पेनाल्टीको अपिल गरेपनि रेफ्री ज्ञान बहादुर तामाङले कुनै प्रतिक्रिया जनाएनन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]