default_image

4 years ago

December 13, 2021

बिबिसीलाई रोक्दै जावलाखेललाई पहिलो अंक

226 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ब्रिगेड ब्वाइज क्लब (बिबिसी) सँग बराबरी खेल्दै जावलाखेल युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो अंक जोडेको छ ।

बिबिसीसँग गोलरहित बराबरी खेलेपछि जावलाखेलले लिगको चौथो खेलबाट पहिलो अंक जोडेको हो । यसअघि जावलाखेलले सुरुवाती तीन खेलमै आर बेहोरेको थियो । जावलाखेलले मनाङ र पुलिससँग समान १–० को हार बेहोर्दा मछिन्द्रसँग २–० ले पराजित भएको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा जावलाखेलले बिबिसीलाई दवावमा राख्दै आधा दर्जन बढी गोलको अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा जावलाखेलले अंक बाड्न बाध्य बन्यो । बिबिसीले पनि केही अवसर सिर्जना गरेपनि सदुपयोग गर्न सकेनन् ।

खेलको १३औं मिनेटमा रुप बहादुर लामाको प्रहारलाई गोलरक्षक एन्जल श्रेष्ठले डाइभ दिदै मुस्किलले बचाए । १४औं मिनेटमा गोलरक्षक एन्जल अघि बढेर गरेको क्लियरेनस ओनगुना निकेंगेकोलाई लाग्दै पोस्ट नजिकै ड्रप हुँदै बाहिरिदा जावलाखेल अग्रता लिनबाट चुक्यो ।

३०औं मिनेटमा रुप बहादुर लामाको त्रसमा ओनगुना निकेंगे जुनियर नियन्त्रणमा लिन नसकेको बललाई लोइस एनजिमी कोउहामिले गरेको प्रहार पोस्टनजिकैबाट बाहिरिदा जावलाखेल अग्रता लिनबाट चुक्यो । ४०औं मिनेटमा दिनेश राईको फ्रिकिकमा बर्टरान्ड इवोडे ओटोउको हेडरमा फ्लोरेन्ट कोराले ह्यान्ड गर्न पुगेपछि बीबीसीले पेनाल्टीको अपिल गरेपनि रेफ्री ज्ञान बहादुर तामाङले कुनै प्रतिक्रिया जनाएनन् ।

६३औं मिनेटमा कप्तान रोशन रानामगरको पासमा बर्टरान्ड इवोडे ओटोउले अफसाइड बिट ट्रयाप गर्दै नियन्त्रणमा लिएपनि उनको प्रहार फितलो बन्दा गोलरक्षक टिकेन्द्र सिंह थापाले सहजै नियन्त्रणमा लिए ।

यो बराबरीपछि बिबिसीको ४ खेलबाट ५ अंक पुगेको छ । समान ५ अंक नै रहेपनि बिबिसी थ्री स्टारसँग पछि पर्दै सातौ स्थानमा रहँदा पुलिस र एनआरटीभन्दा अघि छ । लिगमा पहिलो अंक जोडेको जावलाखेलले एपिएफलाई पछि पार्दै १३औं स्थानमा उक्लिएको छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.