4 years ago
December 13, 2021
काठमाडौं (हाम्रो खेलकुद)– संकटा क्लबसँग कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा सोमबार १–० ले पराजित भएपछि नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले आफ्नो खेलाडीको आलोचना गरेका छन् ।

‘नाम चलेकै खेलाडीले नाम अनुसार खेल्न सकेनन्’, उनले भने, ‘फुटबलमा यस्तो हुन्छ ।’ खासगरि उनले टोलीका मिडफिल्डर सुमन लामाको प्रदर्शनमा प्रश्न उठाए ।
‘साफ च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध गोल गरेको खेलाडी हो । उबाट अपेक्षा त हुन्छ नै । ठूलो खेलाडी भएर त्यहि अनुसारको व्यवसायिकता पनि देखाउनुपर्छ । सुधार गर्नुपर्ने हुन्छ’, उनले भने, ‘आफ्नो जिम्मेवारी बुझ्नुपर्छ । विशेषत सेट पिसमा उनलाई डिबक्समा नजानु भनेका थियौं । उ जाँदा अन्य खेलाडी अलमल भए ।’

थापाले संकटाविरुद्ध ३ अंक गुमाउँदा टोलीको उपाधि दौडमा महंगो परेको बताए । ‘आज जितेको भए उपाधि दौडमा रहन्थ्यौं । अब अरुको नतिजामा भर पर्नुपर्ने भयो । आज रिदम मिलेन । किन मिलेन मलाई थाहा भएन’, उनले भने, ‘भन्न मिलेन । यसमा धेरै कुरा छ । पहिलो हाफ र दोस्रो हाफमा प्रदर्शन नै फरक छ । खेलाडी परिवर्तन गरेपछि हामीले खेलमा नियन्त्रण गर्यौं ।’

दोस्रो जितपछि संकटाका प्रशिक्षक विष्णु गुरुङ भने खुसी थिए । ‘व्यक्तिगत रुपमा दोस्रो जितमा म खुसी छु । पुलिस टिम आक्रामक छ । सुमन, तेज तामाङ आक्रमक र तीब्र गतिमा खेल्छन्’, उनले भने, ‘रवि पासवानलाई त्यहि अनुसार युज गर्छन् ।’
गोल गरेपछि अंक जोगाउनमा केन्द्रित भएको स्वीकार गर्दै गुरुङले भने, ‘गोल गरेपछि हामीले अंक जोगाउनेमा ध्यान दियौं । हामी हरेक खेलमा एक वा तीन अंक लिने उद्देश्यका साथ उत्रन्छौं ।’ उनले टोली शीर्ष ३ देखि छैटौं स्थानमा रहने आशा गरेको समेत बताए ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]