default_image

4 years ago

December 13, 2021

‘रेफ्रीको स्तर ए डिभिजन खेलाउने भएन’

201 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– जावलाखेल युथ क्लबका प्रशिक्षक किशोर केसीले ब्रिगेड ब्वाइज क्लब (बिबिसी) सँग सोमबार गोलरहित बराबरी खेलेपछि रेफ्रीको चर्को आलोचना गरेका छन् ।

आक्रोशत रुपमा प्रस्तुत भएका केसीले भने, ‘फिफा रेफ्रीले किन खेलाएनन् मैले बुझ्न सकिन । रेफ्रीको यस्तो निर्णयले देशको फुटबल विकास हुन सक्दैन । न यसमा एन्फाको केहि षड्यन्त्र छ कि ?’

कुनै एउटा घटनालाई भन्दा पनि केसीले रेफ्रीको खेल भरको समग्र प्रदर्शन नै सन्तोषजनक हुन नसकेको प्रतिक्रिया दिए । उनको भनाईमा बिबिसीका प्रशिक्षक सनोज श्रेष्ठले पनि सहमति जनाए । रेफ्री जुन स्तरमा हुनु पर्ने हो त्यो हुन सकेको थिएन ।

जावलाखेल र बिबिसीको खेलमा ज्ञानबहादुर तामाङ रेफ्री थिए । लिगमा पहिलो पटक खेलाउने जिम्मेवारी पाएका उनी केहि नर्भस देखिए । अधिकांश समय आफ्नो सहायक रेफ्री र फोर्थ अफिसियलसँग एयरपिसमा संवाद गरिरहेका उनले केहि विवादस्पद निर्णय पनि दिए ।

पछिल्लो समय एन्फा नेतृत्व र फिफा रेफ्रीबीच विवादपछि ए डिभिजन लिगमा फिफा रेफ्रीलाई तुलनात्मक रूपमा कम खेलको जिम्मा दिइने गरेको छ । यसअघि सहायक रेफ्रीमा राष्ट्रिय रेफ्री प्रयोग हुँदै आएकोमा हाल एन्फाले फिफा रेफ्री उपलब्ध भएपनि तेस्रो श्रेणीका रेफ्री प्रयोग गर्दै आएको छ । यसको प्रत्यक्ष असर खेल संचालनमा परेको छ ।

बिबिसीसँग बराबरी खेलबाट जावलाखेलले जारी कतार एअरवेज सहिद स्मारक ए डिजिभन लिगमा पहिलो अंक जोडेको छ । जित्नुपर्ने खेल बराबरी रोकिएको जनाउँदै प्रशिक्षक केसीले भने, ‘पहिलो अंकमा खुसी हुनु परेको छ । तर आज मेरो लागि २ अंक गुमाएको बुझ्छु । आशा गरौं अब राम्रो गति लिनेछ ।’

बिबिसीका प्रशिक्षक श्रेष्ठले पहिलो हाफमा दबाबमा खेल्नु परेको उल्लेख गर्दै भने, ‘दोस्रो हाफमा हामी खेलमा फर्कने कोशिस गरेका थियौं । खेलको अवस्था अनुसार हामीले रणनीति बनाएका थियौं ।’

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.