4 years ago
December 13, 2021
काठमाडौं (हाम्रो खेलकुद)– जावलाखेल युथ क्लबका प्रशिक्षक किशोर केसीले ब्रिगेड ब्वाइज क्लब (बिबिसी) सँग सोमबार गोलरहित बराबरी खेलेपछि रेफ्रीको चर्को आलोचना गरेका छन् ।

आक्रोशत रुपमा प्रस्तुत भएका केसीले भने, ‘फिफा रेफ्रीले किन खेलाएनन् मैले बुझ्न सकिन । रेफ्रीको यस्तो निर्णयले देशको फुटबल विकास हुन सक्दैन । न यसमा एन्फाको केहि षड्यन्त्र छ कि ?’
कुनै एउटा घटनालाई भन्दा पनि केसीले रेफ्रीको खेल भरको समग्र प्रदर्शन नै सन्तोषजनक हुन नसकेको प्रतिक्रिया दिए । उनको भनाईमा बिबिसीका प्रशिक्षक सनोज श्रेष्ठले पनि सहमति जनाए । रेफ्री जुन स्तरमा हुनु पर्ने हो त्यो हुन सकेको थिएन ।

जावलाखेल र बिबिसीको खेलमा ज्ञानबहादुर तामाङ रेफ्री थिए । लिगमा पहिलो पटक खेलाउने जिम्मेवारी पाएका उनी केहि नर्भस देखिए । अधिकांश समय आफ्नो सहायक रेफ्री र फोर्थ अफिसियलसँग एयरपिसमा संवाद गरिरहेका उनले केहि विवादस्पद निर्णय पनि दिए ।
पछिल्लो समय एन्फा नेतृत्व र फिफा रेफ्रीबीच विवादपछि ए डिभिजन लिगमा फिफा रेफ्रीलाई तुलनात्मक रूपमा कम खेलको जिम्मा दिइने गरेको छ । यसअघि सहायक रेफ्रीमा राष्ट्रिय रेफ्री प्रयोग हुँदै आएकोमा हाल एन्फाले फिफा रेफ्री उपलब्ध भएपनि तेस्रो श्रेणीका रेफ्री प्रयोग गर्दै आएको छ । यसको प्रत्यक्ष असर खेल संचालनमा परेको छ ।
बिबिसीसँग बराबरी खेलबाट जावलाखेलले जारी कतार एअरवेज सहिद स्मारक ए डिजिभन लिगमा पहिलो अंक जोडेको छ । जित्नुपर्ने खेल बराबरी रोकिएको जनाउँदै प्रशिक्षक केसीले भने, ‘पहिलो अंकमा खुसी हुनु परेको छ । तर आज मेरो लागि २ अंक गुमाएको बुझ्छु । आशा गरौं अब राम्रो गति लिनेछ ।’

बिबिसीका प्रशिक्षक श्रेष्ठले पहिलो हाफमा दबाबमा खेल्नु परेको उल्लेख गर्दै भने, ‘दोस्रो हाफमा हामी खेलमा फर्कने कोशिस गरेका थियौं । खेलको अवस्था अनुसार हामीले रणनीति बनाएका थियौं ।’
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]