default_image

4 years ago

December 14, 2021

रोचक बन्दै ए डिभिजन लिग

258 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको चौथो चरणको समाप्ती उपाधि दौडसँगै रेलिगेसन जोगाउने प्रतिस्पर्धा पनि रोचक बन्दै गएको छ ।

कुल ९१ मध्ये २८ खेल सकिदा साविक विजेता मच्छिन्द्र फुटबल क्लब र मनाङ मस्र्याङ्दी क्लबको समान १० अंक पुगेको छ । अंक तालिकाको पुछारमा रहेको दुई टोली एपिएफ फुटबल क्लब र जाउलाखेल युथ क्लबले चौथो चरणमा पुगेर पहिलो अंक बटुलेका छन् ।

सातौं चरणको समाप्तीमा एएफसी क्लब लाइसेन्स प्राप्त गरेका ४ क्लबमध्ये अंक तालिकाको माथिल्लो स्थानमा रहेको टोलीले एएफसी कप खेल्ने भएकाले अब आगामी तीन चरणको खेल थप रोमाञ्चक हुने सम्भावना छ । लाइसेन्स प्राप्त गर्ने ४ क्लब मध्य मच्छिन्द्र, मनाङ र त्रिभुवन आर्मी फुटबल क्लब शीर्ष ३ स्थानमा छन् । आर्मीको ८ अंक छ ।

अर्को लाइसेन्स प्राप्त टोली एपिएफ भने १ अंकसहित पुछारमा छ । त्यसअर्थ एएफसी कप खेल्ने एपिएफको सम्भावना कम देखिन्छ । मछिन्द्र, मनाङ र आर्मी मध्ये नै एक टोलीले यसपटक एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

चौथो चरणका ७ खेलमा यसपटक ५ खेलमा जित-हारको नतिजा निस्कियो भने २ खेल गोलरहित बराबरीमा टुंगिए । मनाङले फ्रेन्ड्स र आर्मीले च्यासललाई समान २–० ले हरायो । एनआरटीले जारी लिगमा पहिलो जित दर्ता गर्ने क्रममा सातदोबाटोमाथि १–० को जित निकाल्यो । थ्री स्टारसँग गोलरहित बराबरी खेल्दै एपिएफले पहिलो अंक बटुल्यो । अर्को खेलमा संकटाले पुलिस माथि १–० को जित निकाल्यो । बिबिसीसँग गोलरहित बराबरी खेलेको जावलाखेलले पनि यसपटक अंकको खाता खोलेको छ ।

चौथो चरणमा जम्मा ९ गोल निस्किए । ४ चरणमध्ये यो दोस्रो सर्वाधिक कम गोल भएको चरण हो । दोस्रो चरणमा ७ गोल मात्र भएको थियो । पहिलो चरणमा १६ र तेस्रो चरणमा १८ गोल भएको थियो । २७ औं खेलमा आएर जारी लिगमा ५० औं गोल पूरा भएको छ । संकटाका निरज बस्नेतले पुलिसविरुद्ध गरेको गोल नै यो लिगको ५० औं गोल थियो । निरजको व्यक्तिगत भने त्यो तेस्रो गोल थियो । सर्वाधिक गोलकर्ता सुचिमा उनीसँगै मछिन्द्रका सुनिल बल र सातदोबाटोको अजयी मार्टिन्सले समान ३ गोल गरेका छन् ।

२८ खेलमा १७ खेलमा जित हारको नतिजा निस्केको छ भने ११ खेल बराबरीमा टुंगिएको थियो । बराबरीमध्ये ५ खेल गोलरहित र ६ खेल गोलसहित बराबरी भएका थिए । सातदोबाटोका मार्टिन्स जारी लिगमा ह्याट्रिक गर्ने एक मात्र खेलाडी हुन् । अहिले सम्म ३९ खेलाडीले गोल गरेका छन् । जसमा सातदोबाटोका करण रावत र जावलाखेलका सिमान्त थापाको नाममा आत्मघाती गोलल रहेका छन् । चौथो चरणको समाप्तीका २८ खेलमा १९ गोल पहिलो हाफ र ३१ गोल दोस्रो हाफमा सम्भव भएका थिए ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ अन्तर्गत चौथो चरणसम्मको तथ्याङ्क

पहिलो राउन्ड

१. फ्रेन्ड्सविरुद्ध सातदोबाटो (०–०)

२. शेर्पाविरुद्ध संकटा (१–१)

३. च्यासलविरुद्ध थ्री स्टार (०–३)

४. बीबीसीविरुद्ध एपीएफ (३–२)

५. जावलाखेलविरुद्ध मनाङ (०–१)

६. आर्मीविरुद्ध पुलिस (१–१)

७. मछिन्द्रविरुद्ध एनआरटी (२–१)

पहिलो राउन्डमा १६ गोल

दोस्रो राउन्ड

८. सातदोबाटोविरुद्ध थ्री स्टार (१–०)

९. संकटाविरुद्ध फ्रेन्ड्स (२–१)

१०. च्यासलविरुद्ध एपीएफ (१–०)

११. शेर्पाविरुद्ध मनाङ (०–१)

१२. जावलाखेलविरुद्ध पुलिस (०–१)

१३. बीबीसीविरुद्ध एनआरटी (०–०)

१४. आर्मीविरुद्ध मछिन्द्र (०–०)

दोस्रो राउन्डमा ७ गोल

तेस्रो राउन्ड

१५. फ्रेन्ड्सविरुद्ध थ्री स्टार (१–१)

१६. सातदोबाटोविरुद्ध एपीएफ (४–१)

१७. संकटाविरुद्ध मनाङ (२–२)

१८. च्यासलविरुद्ध एनआरटी (१–१)

१९. बीबीसीविरुद्ध आर्मी (०–१)

२०. शेर्पाविरुद्ध पुलिस (१–१)

२१.जावलाखेलविरुद्ध मछिन्द्र (०–२)

तेस्रो राउन्डमा १८ गोल

चौथो राउन्ड

२२. मनाङविरुद्ध फ्रेन्ड्स (२–०)

२३. च्यासलविरुद्ध आर्मी (०–२)

२४. सातदोबाटोविरुद्ध एनआरटी (०–१)

२५. शेर्पाविरुद्ध मछिन्द्र (०–३)

२६. थ्री स्टारविरुद्ध एपीएफ (०–०)

२७. संकटाविरुद्ध पुलिस (१–०)

२८. जावलाखेलविरुद्ध बीसीसी (०–०)

चौथो राउन्डमा ९ गोल

जम्मा खेलः २८

जम्मा गोल – ५०

जित – १७ जितको नतिजा

बराबरी – ११ बराबरी

गोलरहित – ५ खेल

गोलसहित – ६ खेल

३९ खेलाडीको गोल

ह्याट्रिक – १ [अजायी मार्टिन्स (सातदोबाटो) एपीएफविरुद्ध]

आत्मघाती गोल – २ [करण रावत (सातदोबाटो) एपीएफविरुद्ध, सिमन्त थापा (जावलाखेल) मच्छिन्द्रविरुद्ध]

पहिलो हाफमा गोल – १९ गोल

दोस्रो हाफमा गोल – ३१ गोल

पहेंलो कार्डः ८० [नविन श्रेष्ठ (मच्छिन्द्र–अफिसियल) पहेंलो कार्ड, युगल किशोर राई (हिमालयन शेर्पा – प्रशिक्षक) पहेंलो कार्ड]

रातो कार्ड – १ [रोनेल एन्थोनी पउल (फ्रेन्ड्स) सातदोबाटोविरुद्ध (दोहोरो पँहेलो कार्ड)]

पेनाल्टीमा गोल – ०

पेनाल्टी मिस – १ [विकास मेराग्लिया (थ्री स्टारविरुद्ध)]

सर्वाधिक गोलकर्ता :

१. अजायी मार्टिन्स – ३+

२. सुनिल बल – २+१

३. दिनेश राई – २+

४. निरज बस्नेत – १+१+१+

५. रुमेश बर्ताैला – १+१+

६. सुमन लामा – १+१+

७. ओलावाले अफिज – १+१+

८. दिनेश राजवंशी – १+१+

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.