default_image

4 years ago

December 16, 2021

लिगमा अबका तीन चरण रोचक हुने

290 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत अबका तीन चरण निकै रोचक हुनेछन् । कारण सातौं चरणको समाप्तीमा एएफसी क्लब लाइसेन्स प्राप्त ४ टोलीमध्ये शीर्षस्थानमा रहने टोलीले एएफसी कपको छनोट चरण खेल्ने टुंगो लाग्नेछ ।

लाइसेन्स प्राप्त ४ मध्ये ३ टोली मच्छिन्द्र फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी फुटबल क्लब लिगको चौथो चरणको समाप्तीमा अंक तालिकाको शीर्षस्थानमा रहेका छन् । जसमा समान १० अंकसहित मच्छिन्द्र शीर्षस्थान र मनाङ दोस्रो स्थानमा छ भने आर्मी तेस्रो स्थानमा छ ।

अर्को लाइसेन्स प्राप्त टोली एपिएफ फुटबल क्लब भने १ अंकसहित पुछारमा रहेको छ । एपिएफका लागि एएफसी कप छनोट भन्दा पनि रेलिगेसनबाट उम्कने प्रयास नै ठूलो हुनेछ । त्यसैले अबका ३ चरण मछिन्द्र, मनाङ र आर्मीले खेल्ने खेल र त्यसको नतिजाले लिगलाई थप रोमाञ्चक बनाउनेछ ।

अझ शीर्ष टोली टोली मछिन्द्र र मनाङबीच छैटौं चरणमा पुस १० प्रतिस्पर्धा हुँदैछ । सम्भवतः त्यहि खेलले एएफसी कप छनोट खेल्ने टोलीको टुंगो लाग्न सक्छ । त्यसअघि पाँचौं चरणअन्तर्गत आर्मीले पुस २ गते सातदोबाटोको सामना गर्ने छ भने सोही दिन मछिन्द्रले संकटासँग प्रतिस्पर्धा गर्नेछ । मनाङले पुस ३ गते नेपाल पुलिस क्लबसँग पोखरा रंगशालामा लिग खेल्नेछ ।

छैटौं चरणमा पुस ११ गते आर्मीले थ्री स्टारको सामना गर्नुपर्नेछ । त्यस्तै सातौं चरणमा पुस १६ गते आर्मीले एपिएफसँग प्रतिपर्धा गर्नेछ । सोही चरणमा पुस १७ गते मनाङले पुरोमा बिबिसीको सामना गर्नेछ । यता काठमाडौंमा पुस १८ गते मछिन्द्रले पुलिसको चुनौतीको सामना गर्नुपर्नेछ ।

एन्फाले ९ चरणको खेल तालिका सोमबार सार्वजनिक गरेको थियो । त्यसमध्ये मनाङले खेल्ने ३ खेल पोखरामा हुनेछन् भने बाँकी सबै खेल दशरथ रंगशालामा हुनेछन् । मनाङले आठौं चरणको खेल पुस २४ गते च्यासलसँग पोखरामा नै खेल्नेछ ।

लिगमा चौथो चरणको समाप्तीमा चौथो स्थानमा रहेको संकटाको ८, पाँचौं स्थानको सातदोबाटोको ७, छैटौंमा रहेको थ्री स्टार क्लब, सातौंमा रहेको बिबिसी, आठौंमा रहेको पुलिस र नवौंमा रहेको एनआरटीको समान ५ अंक छ ।

१० औं स्थानको च्यासलको ४ अंक छ भने ११ औं स्थानको फ्रेन्ड्स र १२ औं स्थानको हिमालयन शेर्पाको समान २ अंक छ । १३ औं स्थानको जावलाखेल र पुछारको एपिएफको समान १ अंक छ । चौथो चरणमा जावलाखेल र एपिएफले अंक जोडेको थिए ।

लाइसेन्स प्राप्त ४ टोलीका आगामी ३ खेल

मच्छिन्द्रको खेल

पुस २ गते विरुद्ध संकटा ४:४५ बजे दशरथ रंगशाला

पुस १० गते विरुद्ध मनाङ ४:४५ बजे दशरथ रंगशाला

पुस १८ गते विरुद्ध पुलिस ४:४५ बजे दशरथ रंगशाला

मनाङको खेल

पुस ३ गते विरुद्ध पुलिस २:०० बजे पोखरा रंगशाला

पुस १० गते विरुद्ध मच्छिन्द्र ४:४५ बजे दशरथ रंगशाला

पुस १७ गते विरुद्ध बिबिसी २:०० बजे पोखरा रंगशाला

आर्मीको खेल

पुस २ गते विरुद्ध सातदोबाटो १:०० बजे दशरथ रंगशाला

पुस ११ गते विरुद्ध थ्री स्टार ४:४५ बजे दशरथ रंगशाला

पुस १६ गते विरुद्ध एपिएफ १:०० बजे दशरथ रंगशाला

एपिएफको खेल

पुस ५ गते विरुद्ध फ्रेन्ड्स १:०० बजे दशरथ रंगशाला

पुस ९ गते विरुद्ध एनआरी १:०० बजे दशरथ रंगशाला

पुस १६ गते विरुद्ध आर्मी १:०० बजे दशरथ रंगशाला

कतार एअरवेज सहिद स्मारक ए डिजिभन लिगको पाँचौंदेखि नवौं चरणसम्मको खेल तालिका

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.