default_image

9 years ago

November 21, 2016

चेल्सी प्रिमियर लिगको शीर्षस्थान उक्लियो

124 views

0 Bookmark

लन्डन( एजेन्सी)– चेल्सी इङ्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लेको छ । आइतबार मिडल्सब्रोलाई १–० ले हराउँदै चेल्सी शीर्षस्थानमा उक्लेको हो । डिएगो कोस्टाको गोलमा चेल्सीले जित हासिल गरेको थियो ।

diego-costa

लिगमा चेल्सीको यो लगतार छैटौं जित हो । ४१ औं मिनेटमा कर्नरमा आएको बलमा हुलमुलको बीचबाट कोस्टाले सेकेन्डबारमा गोल गरेका थिए । प्रिमियर लिगमा कोस्टाको त्यो दसौं गोल हो । १२ खेलमा चेल्सीको २८ अंक पुगेको छ । समान २७ भएका लिभरपुल दास्रो र म्यानचेस्टर सिटी तेस्रो स्थानमा छ । त्यस्तै चौथो स्थानको आर्सनलको २५, टोटेनह्यामको २४ र म्यानचेस्टर युनाइटेडको १९ अंक छ । अल्लिो दिन सिटीले क्रिस्टल प्यालेसलाई २–१ ले हराएको थियो भने लिभरपुलले साउथ ह्यामन्टनसँग गोलरहित बराबरी खेलको थियो । टोटेनह्यामले वेस्ट ह्याम युनाइटेडलेलाई ३–२ ले हराएको थियो भने युनाइटेड र आर्सनलले १–१ को बराबरी खेलेका थिए ।

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

Success

Thank you for your time.