4 years ago
December 15, 2021
एजेन्सी – स्पेनिस तथा फ्रान्सेली क्लब पिएसजीका भेट्रान्स डिफेन्डर सर्जियो रामोसले युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा स्पेनिस क्लब रियल म्याड्रिडविरुद्ध जित निकाल्न ज्यानै दिन तयार रहेको बताएका छन् ।

सोमबार भएको ‘ड्र’ मा रामोसको पिएसजीले आफ्नो पुर्व सहयात्री क्रिस्टियानो रोनाल्डोको म्यानचेस्टर युनाइटेडसँग भिड्नुपर्ने ‘ड्र’ निस्किएपनि प्राविधिक समस्याका कारण पुन: ‘ड्र’ हुदा रामोसको पिएसजीले रियल प्रतिद्धन्द्धी पाएको हो ।
रामोसले आफ्नो पुर्व क्लबविरुद्ध मैदान उत्रदा जितको लागि कुनै कसर नराख्ने बताएका छन् । ‘रियल म्याड्रिडप्रतिको मेरो माया र स्नेह तपाईहरुलाई नै थाहा छ । अहिले म पिएसजीमा छु । अब पिएसजीको रक्षा गर्ने पालो हो म त्यासको लागि सक्दो प्रयास गर्नेछु । आफ्नो पुर्व क्लबसँग भिड्नुपर्ने तय भएपछि सोधिएको प्रश्नमा रामोसले भने, ‘यो टोलीले म माथि बाजी लगाएको छ । म पिएसजीका लागि ज्यान दिन पनि तयार छु ।’
पिएसजीमा आबद्ध भएपनि उनमा रियल म्याड्रिडमा बिताएको स्वर्णिम पल मानसपटलमा घुमिरहनेछ । ‘मलाई यो भिडन्त गर्न मन थिएन । तर, सान्टियागो बर्नबेउ फर्कन पक्कै आनन्द आउनेछ । कोभिड र रंगशाला पुर्ननिर्माणका कारण मैले यसठाउँबाट बिदाई पाउन सकिन ।’ रामोसले भने, ‘वर्तमान क्लबप्रति मलाई पुर्ण विश्वास छ । हामी रियललाई पछि पार्दै अघि बढ्न सफल हुनेछौ । यसका लागि म आफ्नो ज्यान दिन पनि तयार छु ।’
३५ वर्षीय भेट्रान डिफेन्डर रियलका आइकन खेलाडी हुन् । उनले यसै सिजन रियलको १६ वर्षको बसाई बिट मार्दै फ्रि ट्रान्सफरमा पिएसजी पुगेका थिए । क्लबले उनलाई एक वर्षको तथा रामोसले क्लबलाई दुई वर्षको सम्झौता नविकरण माग गरेपछि सहमति जुट्न नसक्दा उनले रियल छाडेका थिए ।
उनलाई क्लबले ठुलो बिदाई गरेको थियो । गत सिजन चोटका कारण रियलमा विरलै अवसर पाएका रामोसले यो सिजन पनि पिएसजीका लागि एक खेलमा मात्रै मौका पाएका छन् । लामो समयको मांशपेशीको चोटका कारण मैदान बाहिर रहेका रामोस फेब्रुअरी र मार्चमा हुने च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा अर्थात रियलविरुद्धको महत्वपुर्ण खेलमा उपलब्ध हुने आशा गरिएको छ ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]