4 years ago
December 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि नेपाल आयल निगम मनाङ–मर्स्र्याङ्दी क्लब र विभागीय नेपाल पुलिस क्लब पोखरा प्रस्थान गरेका छन् ।

लिग अन्तर्गत पाँचौ चरणको खेलका लागि घरेलु मैदान पोखरामा हुने खेलका लागि मनाङ र अवे खेलका लागि पुलिस बुधबार त्यसतर्फ प्रस्थान गरेको हो ।
पोखरा रंगशालालाई घरेलु मैदान बनाउने निर्णय गरेको मनाङले ३ पुसमा विभागीय नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछ । ‘ए’ डिभिजन लिगको इतिहासमा पहिलो पटक उपत्यका बाहिर खेल हुन लागेको हो ।

मनाङले आफ्नो सातौं र आठौं चरणको खेल पनि पोखरा रंगशालामा खेल्ने छ । मनाङले सातौं चरणमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) सँग १७ पुसमा र आठौं चरणमा च्यासल युथ क्लबसँग २४ पुसमा खेल्ने तालिका पोखरामा खेल्ने तालिका छ ।
यो खेलपछि दुवै टोली काठमाडौं फर्कनेछ । मनाङ छैटौ चरणको खेल खेलेर पुनः सातौं र आठौं चरणको खेलको पोखरा जानेछ । अपराजित रहेको मनाङ चार खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
समान १० अंक नै रहेपनि गोल अन्तरमा मछिन्द्र फुटबल क्लब शीर्षस्थानमा रहेको छ । लिगमा मध्यम सुरुवात गरेको पुलिस ४ खेलमा ५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]