9 years ago
November 21, 2016
हाम्रो खेलकुद – झापामा जारि सुरुङ्गा गोल्डकप अन्तर्गत आज भएको खेलमा सशस्त्र प्रहरी बल (ए.पी.एफ)ले झापा एघार फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गरेको छ।

निर्धारित ९० मिनेट गोलरहित बराबरीमा टुंगिएपछि भएको पेनाल्टी सुटआउटमा ५-४ले पराजित भएको हो। झापाका देवेन्द्र तामाङ्गको प्रहार गोल हुन नसकेपछि एपीएफले जित पक्का गरेको हो।
स्टार खेलाडीको बाहुल्एता रहेको दुइ टोलीबीचको खेलमा दुवै टोलि जितको लागि संघर्षरत थिए। एपीएफका गोलकिपर अमृत चौधरीले केहि उत्कृष्ट बचाऊ गर्दै खेललाई टाइब्रेकरतर्फा धकेलेका थिए। पेनाल्टी सुटआउटमा भने एपीएफले अमृतको ठाउँमा दोश्रो रोजेइका गोलरक्षक बिक्रम गुरुङलाई मैदानमा उतारेको थियो।
जितसंगै एपीएफले सेमिफाइनल प्रवेश गरेको छ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]