4 years ago
December 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अनुभवी फरवार्ड कर्ण लिम्बुले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युवा क्लबबाट खेल्ने भएका छन् ।

गत सिजन संकटा क्लबबाट खेलेका कर्ण यस सिजनको सुरुवातमा भने कुनै क्लबमा आबद्ध थिएनन् । त्यसअघिको सिजन उनी हिमालयन शेर्पा क्लबमा आबद्ध रहेका थिए । च्यासलले यस सिजनभरका लागि कर्णलाई अनुबन्ध गरेको क्लबका व्यवस्थापक शंकर व्यन्जनकारले जानकारी दिए ।
‘कर्णलाई यस सिजनका लागि अनुबन्ध गरेका छौं । उनले बुधबारदेखि नै प्रशिक्षण सुरु गरिसकेका छन् । अर्को खेलमा उनी टोलीमा उपलब्ध हुनेछन्,’ व्यन्जनकारले भने । च्यासलले शनिबार हुने खेलमा जावलाखेलको सामना गर्दैछ । दशरथ रंगशालामा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ ।
घरेलु लिगमा लामो अनुभव बोकेका फरवार्ड कर्णले च्यासलबाट खेल्न तयार रहेको बताए । ‘यस सिजनका लागि च्यासलमा अनुबन्धित भएको छु । यसअघि पनि लगातार खेल्दै आएको हुँ । स्थानीय स्तरका प्रतियोगितामा निरन्तर खेल्दै आएको छु । प्रशिक्षण हिजोदेखि सुरु गरेको हो, अब जावलाखेलविरुद्ध खेल्छु होला,’ ३६ वर्षीय लिम्बुले भने ।

कर्णले यसअघि जावलाखेल युवा क्लब र मच्छिन्द्र क्लबबाट ए डिभिजन तथा झापा ११ फुटबल क्लबबाट राष्ट्रिय लिग खेलिसकेका छन् । घरेलु फुटबलमा गोलकर्ताको पहिचान बनाएका कर्ण पछिल्लो समय भने मोफसल तथा भारतको स्थानीय प्रतियोगितामा व्यस्त रहँदै आएका थिए ।
च्यासलले लिगको ४ खेल सकिँदा ४ अंक जोडेको छ । पहिलो खेलमा थ्री स्टारसँग ३-० ले पराजित च्यासलले त्यसपछि एपिएफलाई १-० ले पराजित गरेको थियो । तेस्रो खेलमा एनआरटीसँग गोलरहित बराबरी खेलेको च्यासल त्रिभुवन आर्मी फुटबल क्लबसँग २-० ले पराजित भएको थियो ।
सन्तोष साहुखललाई अनुबन्ध गर्ने चर्चा चलेपनि उनी नेपाल नआउँदा च्यासलको आक्रमण कमजोर भएको छ । क्लबले सुशन लामा, विकास मेराग्लिया, राजीव लोप्चनलाई फरवार्डको रुपमा प्रयोग गर्दै आएको छ । कर्णको आगमनसँगै युवा आक्रमणमा केहि अनुभव थपिने भएको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]