4 years ago
December 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको पाँचौ चरणको खेल शुक्रबारदेखि सुरु हुँदैछ । खेलअघि सहभागी टोलीका प्रशिक्षकहरुले आफ्नो तयारी र विपक्षीबारे यसो भने :
नवीन न्यौपाने (आर्मी –मुख्य प्रशिक्षक)

सातदोवाटो अन्डरडग टोलीको रुपमा उभिएको छ । उसले निकै राम्रो प्रदर्शन गरिरहेको छ । सातदोबाटो एउटा बलियो प्रतिद्वन्द्वी हो । यो लिगमा सबै टोली उत्तिकै बलियो छन् । हरेक खेलमा हामी ३ अंकको लागि खेलिरहेका छौं । यसअघिको चार खेलको कमी कमजोरी सुधार गरेर खेल्नेछौं । सातदोबाटोले एनआरटीसँग हार भोगेपनि उनीहरुको प्रदर्शन राम्रो छ । हामीभन्दा अघि रहेका टोलीलाई दवाव बढाइरहनेछौं ।
सातदोबाटो सबै पक्षमा राम्रो रहेको छ । हामी आफ्नो पेशमा खेल्नेछौं । हामीले रिदम समातेका छौं, त्यो रिदमलाई मेन्टेन गर्दै अघि बढ्ने । हाम्रो ध्यान धेरैभन्दा धेरै अवसर सृजना गर्नेमा हुनेछ । पछिल्लो खेलमा हाम्रा दुवै स्ट्राइकरले गोल गरेका कारण हाम्रो अग्रप्रंक्तिको मनोबल बढेको छ ।
सुरज महर्जन (सातदोबाटो – सहायक प्रशिक्षक)

भोलिको खेल लिगकै उत्कृष्टमध्येको एक टोली आर्मी सँग छ । हामीले धेरै मिहेनत गरेका छौं । अघिल्लो कमी कमजोरी सच्याएर प्रशिक्षण गरिरहेका छौं । हामी ३ अंककै लागि खेल्ने हो । आर्मीविरुद्ध सुधारिएको खेल पस्कदै जित्ने लक्ष्यमा हुनेछौं । आर्मी कठिन प्रतिद्धन्द्धी हो । उ बलियो टोली हो तर, हामी ३ अंककै लागि खेल्नेछौं ।
प्रवेश कटुवाल (मछिन्द्र – मुख्य प्रशिक्षक)

संकटाले लिग चरणमा राम्रो फुटबल खेलिरहेको छ । उ चौथो स्थानमा रहेको छ । उसले पछिल्लो खेलमा पुलिसलाई हराएको थियो । त्यसअघि मनाङसँग बराबरी खेलेको थियो । त्यो हिसाबले संकटासँगको खेल प्रतिस्पर्धात्मक नै हुनेछ । संकटा राम्रो फर्ममा देखिएको छ ।
एएफसी कपका लागि संकटासँगको खेल नै महत्वपुर्ण छ । त्यसपछि मनाङसँग छ । भोलि जितेपछि अर्काे खेलको बारेमा सोच्ने छौं । मनाङ पनि एएफसी कपको दौडमा छ ।
किशोर कुमार केसी (जावलाखेल – मुख्य प्रशिक्षक)

खेल सबै कडा हुनेछ । त्यसमाथि च्यासल हामीभन्दा ३ अंकले माथि छ । हामीले कडा मिहेनत गरेदेखि च्यासलभन्दा माथि जान सक्नेछौं । मलाई विश्वास यो म्याचमा हामी गोल गर्दै जित्नेछौं । फुटबलमा ह्याकुलाले पेल्ने खेल हुनेछैन । ट्याक्टिकल र टेक्निकल हुने भएकाले यसलाई मध्यनजर राख्दै अघि बढ्नेछौं ।
हामी गोलकै खोजीमा छौं । हामीलाई किलिङ टचको आवश्यकता छ । त्यहीलाई मध्यनजर राख्दै प्रशिक्षण गरिरहेका छौं । त्यो टचले क्लबलाई माथि जान हौसला मिल्नेछ । जित हासिल गर्न नसक्दा खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापन नै चर्को दवावमा छ ।
आशिक थापामपर (च्यासल – सहायक प्रशिक्षक)

खेल जितका लागि नै खेल्ने हो । च्यासलविरुद्ध हामी जसरी पनि जितकै लागि खेल्नेछौं । च्यासल र जावलाखेलको स्तर बराबरजस्तै हो । टफ हुनेछ । हामी तीन अंकका लागि खेल्नेछौं । हामीले अग्रपंक्ति सुधारका लागि कर्ण लिम्बुलाई अनुबन्ध गरेका छौं । रुमेश बर्ताैला र विकास मेराग्लिया चोटका कारण खेल्नेछैनन् । खेलबारे यहि नै भन्न सकिने अवस्था छैन ।
रविन्द्र शिलाकार (थ्री स्टार – सहायक प्रशिक्षक)

हामी तीन अंककै लागि तयारी गरिरहेका छौं । अघिल्लो खेलको कमजोरी सुधार गर्ने कोसिस गरिरहेका छौं । एनआरटीविरुद्ध जित्ने लक्ष्यमा मैदान उत्रने छौं । यो भन्दा अघिल्लो खेलमा अफेन्सिभ थर्डमा समस्या देखिएको थियो । हामीले त्यो ठाँउमा केही विदेशी खेलाडीलाई अनुबन्ध ल्याउन प्रक्रिया थालिसकेका छौं । जुन खेलाडी आउँदैछ । त्यो खेलाडीले आफ्नो जिम्मेवारी पूरा गर्न सक्यो भने थ्री स्टार आफ्नो पुरानो लयमा फर्किन्छ । दक्षिण एसियाली खेलाडीसँगको पेपर वर्क अन्तिम चरणमा छ ।
राजुकाजी शाक्य (एनआरटी – मुख्य प्रशिक्षक)

जहिले पनि एउटै कुरा भनेजस्तो हुन्छ । सबै टोली राम्रो र एकै स्तरका छन् । हामीले कसैलाई पनि कमजोर ठान्नु हुँदैन । हामीले चार खेलमा एक जित, दुई बराबरी र एक हार निकालेका छौं । हामीलाई ३ अंकको खाँचो छ, त्यो अनुसार योजना बनाएका छौं ।
थ्री स्टार पहिला जस्तो छैन । तर, सिनियर र जुनियर खेलाडीको तालमेल मिलेको छैन । हामीलाई पनि त्यस्तै भइरहेको छ । थ्री स्टार विगतभन्दा फरक नै छ । प्राय राष्ट्रिय खेलाडी राख्ने उनीहरु यसपटक युवा खेलाडीको भरमा लिग खेलिरहेको छ । पहिले थ्री स्टार र मनाङले राष्ट्रिय खेलाडीलाई राख्दै लिग च्याम्पियन भइरहेको थियो । यसपटक मछिन्द्रले आठ फरवार्ड राखेको छ । यो उसको पोलिसी होला, अर्काे टिमले फरवार्ड लैजान्छ भन्ने होला ।
विजेन्द्र पुडासैनी (हिमालयन शेर्पा – व्यवस्थापक)

प्रशिक्षक (युगलकिशोर राई) अस्वस्थ रहेका कारण म उपस्थित भएको छु । हामी २ अंकमा छौं । गोल निस्किरहेको छैन । जित्ने लक्ष्यका साथ खेल्नेछौं । हामीले रणनीति परिवर्तन गरी अगाडि बढ्नुपर्नेछ । ब्रिगेड ब्वाइजलाई कमजोर आँकेका छैनौं ।
यस लिगमा कमजोर कोही छैन । दुई टिम रेलिगेसन र एक टोली विजेता बन्ने छ । ८ अंकले पछि परिसकेका कारण हाम्रो उपाधि सम्भावना छैन । हामी टप सिक्सको लागि ब्याटल गर्ने र त्यो हुन नसकेमा रेलिगेसन ब्याटल गर्नेछौं ।
मृगेन्द्र मिश्र (फ्रेन्ड्स – मुख्य प्रशिक्षक)

पाँचौं चरणसम्म हामीले २ अंक मात्रै जोडेका छौं । एपिएफसँगको खेलका लागि राम्रै तयारी भएको छ । दुई घाइते खेलाडी टोलीमा फर्किएका छन् । कप्तान प्रकाश बुढाथोकीले नवौं चरणसम्मको खेल गुमाउने छन् । यसपल्ट एपिएफमाथि जित निकाल्ने लक्ष्यमा छौं । तर सजिलो छैन ।
लगातार तीन खेल हारेपछि एपीएफले पहिलो बराबरी निकालेको थियो । त्यसले उनीहरुको मनोवल बढाएको छ । उनीहरु ब्याडलकले हारेको । उनीहरु राम्र्रै टोली हो । कोही भन्दा कोही टोली कमजोर छैन । सबै बराबर छ । मछिन्द्र केही माथि छ । तर, उनीहरुलाई पनि गाह्रो नै छ ।
रत्नकाजी महर्जन (एपिएफ – सहायक प्रशिक्षक)

चार खेलमा हाम्रो १ अंकमात्र छ । हामीलाई दवाव छ । यो फ्रेन्ड्सविरुद्धको खेलमा हामीलाई रेलिगेसन जोनबाट उम्कन तीन अंकको खाँचो छ । पछिल्लो खेलमा हामीले सुधारिएको प्रदर्शन गरेपनि फिनिसिङ राम्रो भएन । त्यसलाई केन्द्रित गरेर प्रशिक्षण गरिरहेका छौं ।
अहिलेको अवस्थामा यो खेललाई रेलिगेसन ब्याटल भन्दा फरक पर्ने छैन । हाम्रो टोलीको खेल सुधार हुदै गइरहेको छ । मलाई मेरो टोलीप्रति विश्वास छ । हाम्रो लक्ष्य शीर्ष आठसम्मको हो । लिगका लागि विदेशी खेलाडी अनुबन्धको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । एकजना अफ्रिकी राष्ट्र र अर्काे एसियाली कोटाको रहेका छन् । कागजी प्रक्रिया पूरा भए उनीहरु यही चरणदेखि उपलब्ध हुनेछन् ।
पोखरामा खेल हुने मनाङ र पुलिस तथा संकटा र बिबिसीका प्रतिनिधि कार्यक्रममा उपस्थित थिएनन्
पाँचौ चरणको खेल तालिका :

December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]