4 years ago
December 17, 2021
काठमाडौं (हाम्रो खेलकद)– कतार एअरवेज सहिद स्मारक ए डिभिज लिगको शीर्षताको दौडमा रहेका दुई टोलीले शुक्रबार अलग अलग खेलमा प्रतिस्पर्धा गर्नेछन् । दशरथ रंगशालामा सुरु हुने पाँचौं चरणको पहिलो खेलमा दिउँसो १:०० बजे सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

दिउँसो ४:४५ बजे सुरु हुने खेलमा संकटा क्लब र मच्छिन्द्र फुटबल क्लबले एकअर्काको सामना गर्नेछन् । साविक विजेता समेत रहेको शीर्षस्थानमा मच्छिन्द्र र तेस्रो स्थानमा रहेको आर्मीका लागि आउने तीन चरणका खेल महत्वपूर्ण हुनेछन् । क्लब लाइसेन्स प्राप्त नेपाली ४ क्लबमध्ये मच्छिन्द्र र आर्मी पनि हुन् ।
सातौं चरणको समाप्तीमा मच्छिन्द्र, आर्मीसहित ४ क्लबमध्ये जो अंक तालिकाको सबैभन्दा माथि रहन्छ सोहि टोलीले एएफसी कपको छनोट चरणमा नेपालको प्रतिनिधित्व गर्नेछ । लाइसन्स प्राप्त गर्ने अन्य दुई टोलीमा दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लब र पुछारमा रहेको एपिएफ फुटबल क्लब छन् । एपिएफ पुछारमा रहेका कारण उसको एएफसी कपमा जाने सम्भावना कम देखिन्छ । त्यसअर्थ मच्छिन्द्र, मनाङ र आर्मी मध्ये एउटा टोलीले एएफसी कपको छनोट खेल्नेछ ।

आर्मी र मच्छिन्द्रले एएफसी कप छनोटको दाबेदारीलाई बलियो बनाउने क्रममा शुक्रबारको खेल जित्नका लागि प्रयास गर्नेछन् । तर आर्मी र मच्छिन्द्र दुवैका लागि सहज भने हुनेछैन । आर्मीले ७ अंक जोडेको नवप्रवेशी सातदोबाटोको सामना गर्दैछ ।
मच्छिन्द्रले पनि अर्को अपराजित टोली संकटाको चुनौतीलाई पार गर्न सहज नहुन सक्छ । लिगमा शीर्ष चार मच्छिन्द्र, मनाङ, आर्मी र संकटामात्र अपराजित छन् । मच्छिन्द्र र मनाङको समान १० तथा आर्मी र संकटाको समान ८ अंक छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]