4 years ago
December 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो हाफमा बराबरी खेलेका छन् ।

आर्मी र सातदोबाटोले पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा खेलमा दिनेश हेन्जनको गोलबाट आर्मीले १०औं मिनेटमा अग्रता लिएको थियो ।
टेक बहादुर बुढाथोकीको क्रसमा कप्तान जर्जप्रिन्स कार्कीले फ्लिक गरेको बलमा पिटर सेगुन पनि बिट हुदा अनमार्क रहेका दिनेशले सहजै जाली चुमाएका थिए । त्यसअघि १०औं मिनेटमा निरज चौधरीको प्रहार सिधै गोलरक्षक बिकेश कुथुको हातमा पुगेको थियो ।

१६औं मिनेटमा अजायी मार्टिन्सले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । गोलरक्षक अभिषेक बरालको लामो पासलाई मार्टिन्सले पेनाल्टी बक्समा नियन्त्रणमा लिदै डिफेन्डर बिमल पाण्डेयलाई बिट गर्दै गरेको प्रहार गोलमा परिणत भएको थियो ।
२१औं मिनेटमा टेक बहादुर बुढाथोकीको क्रसलाई गोलरक्षक अभिषेक बरालले पञ्च गर्दै बचाँदा पिटर सेगुनको क्लियरेन्स कमजोर बन्दा सन्तोष तामाङको ओभरहेड किकलाई गोलरक्षक अभिषेकले नियन्त्रणमा लिए ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]