default_image

4 years ago

December 17, 2021

संकटासँग मछिन्द्रको बराबरी

258 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शीर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लबसँग बराबरी खेलेको छ । मछिन्द्रले संकटासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले पाएको अवसर गुमाउँदा अंक बाड्न बाध्य बनेको हो । खेलको पहिलो मिनेटमा फोडे फोफाना चुक्दा संकटाले अग्रता लिने सुवर्ण मौका गुमायो । जय गुरुङको पासमा फोडे फोफानाको वान भर्सेस वानको प्रहारलाई गोलरक्षक विशाल श्रेष्ठले अघि बढ्दै बचाएका थिए ।

२१औं मिनेटमा सुनिल बलका कर्नरलाई गोलरक्षक राजा बाबु थापाले पञ्च गर्दै बचाए । त्यसमै विशाल राईको प्रहारले पोस्टको दिशा लिन सकेन । ३०औं मिनेटमा रन्जित धिमालको क्रस सिधै गोलरक्षक राजा बाबु थापाको हातमा पुग्यो । ३६औं मिनेटमा फोडे फोफानाको प्रहार पहिलो बार च्याप्दै बाहिरियो ।

४०औं मिनेटमा फोडे फोफानाले मैदानको मध्य भागबाट दुई डिफेन्डरलाई बिट गर्दै दिएको क्रसलाई आन्द्रस नियाले क्लियर गर्दै मछिन्द्रको संकट टारे । दोस्रो हाफमा सुधारिएको खेल पस्कदै संकटामाथि दवाव बढाएको मछिन्द्रले ६१औं मिनेटमा गोल गरेपनि गोलले मान्यता पाएन ।

सुनिल बलको पासमा मनिष डाँगीले गोल गरेपनि गोल गर्नुअघि उनी अफसाइड पोजिसनमा रहँदा उनको गोलले मान्यता पाएन । त्यसपछि दुवै टोलीबाट गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो ।

जरी लिगमा अपराजित रहेको मछिन्द्रको यो दोस्रो बराबरी हो । यसअघि मछिन्द्रले आर्मीसँग गोलरहित बराबरी खेलेको थियो । अपराजित नै रहेको संकटाको भने यो तेस्रो बराबरी हो । संकटाले हिमालयन शेर्पा र मनाङसँग बराबरी खेलेको थियो । यो बराबरसँगै मछिन्द्रले शीर्षस्थानमा स्पष्ट ३ अंकको अग्रता लिने मौका गुमाएको छ ।

मछिन्द्रले एक खेल कम खेलेको मनाङलाई १ अंकले पछि पारेको छ । शनिबार दोस्रो स्थानमा रहेको मनाङले पुलिसलाई हराउन सके मछिन्द्रले शीर्षस्थान गुमाउनेछ । बराबरीसँगै संकटाले पनि कम्तीमा एक दिन शीर्षस्थानमा पुग्ने अवसर गुमाउँदा चौथो स्थानमा यथावत रहेको छ । समान ९ अंक नै रहेपनि आर्मी गोलअन्तरमा तेस्रो स्थानमा छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.