4 years ago
December 17, 2021
काठमाडौं (हाम्रो खेलकुद)– सातदोबाटो क्लबका प्रशिक्षक मेघराज केसीले पछिल्लो एक दुई वर्षमा त्रिभुवन आर्मी फुटबल क्लबको टोली शुक्रबार सबैभन्दा कमजोर रहेको महसुस गरेको बताएका छन् ।

कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा आर्मीसँग १–१ को बराबरी खेलेपछि सातदोबाटोका प्रशिक्षक केसीले भने, ‘यो लिगमा मैले आर्मीको अघिल्ला चार खेले हेरे । आर्मीमा म आफू पनि पहिला आबद्ध थिए । समग्रमा एक दुई वर्षमा जुन आर्मीले खेलिरहेको त्यसमध्ये सबैभन्दा कमजोर आजै थियो होला । मैले जसरी वाच गरेको थिए । त्यो हिसाबले आज कमजोर थियो ।’
अन्य टोलीसँगको तुलनामा भन्दा पनि आर्मीसँगै तुलनामा टोली आज कमजोर देखिएको पनि केसीले प्रष्ट पारे । ‘मैले अरुसँगको तुलनामा भनेको होइन । आर्मीको उसै तुलना गर्दा भनेको हुँ’, उनले भने, ‘सायद चोटले सताएकोले पनि होला । टोलीका महत्वपूर्ण खेलाडी पनि घाइते हुनु र केहिले चोटका बावजुद खेल्नुले पनि पनि हुन सक्छ ।’

आर्मीसँगको खेलमा आफ्नो टोलीले राम्रो प्रदर्शन गरेको उल्लेख गर्दै केसीले भने, ‘आज धेरै राम्रो खेल थियो । दर्शकले पनि मजा लिनुभयो होला । फिप्टी फिप्टीको खेल थियो । जित्छौं भनेर आएको हो । एक अंकमा चित्त बुझाउनुपर्यो ।’
खेलका दौरान एक पटक रेफ्रीको निर्णयमा असन्तुष्ट देखिएका केसीले खेलका दौरान त्यो स्वभाविक भएको पनि बताए । ‘रेफ्रीले ९० मिनेटमा जे गरेपनि सहने हुँदैन । कमेन्ट गरेको त केहि होइन । मेरो पनि ड्युटी हो । रेफ्रीले आफ्नो होल्डमा गेम खेलाउन चाहन्छ भने । मैले पनि आफ्नो रणनीति अनुसार गरेको हु । रेफ्रीको बारेमा त्यस्तो कमेन्ट गर्नुपर्ने केहि छैन ।’
आर्मीका प्रशिक्षक नवीन न्यौपानेले आफ्नो टोलीको तुलनामा सातदोबाटोले राम्रो खेलेको बताए । एएफसी कपको छनोटका लागि अब अन्य टोलीको नतिजा कुर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै भने, ‘अरु खेलमा के हुन्छ त्यो हेरेर हाम्रो सम्भावना रहन्छ कि रहँदै भन्ने हो ।’

आर्मीले बराबरी खेलेपछि शुक्रबारकै अर्को खेलमा शीर्षस्थानको मच्छिन्द्र क्लबले संकटा क्लबसँग गोलरहित बराबरी खेलेको थियो । दोस्रो स्थानमा रहेको मनाङ मस्र्याङ्दी क्लबले शनिबार पोखरामा पुलिसलाई हराउन सकेको खण्डमा टोली अंक तालिकाको शीर्षस्थानमा उक्लनेछ ।
एएफसी कपका लागि शीर्ष तीन टोली मच्छिन्द्र, मनाङ र आर्मीबीच प्रतिस्पर्धा छ । शीर्ष ३ सहित ४ टोलीले मात्र एएफसी लाइसेन्स प्राप्त गर्ने टोली हुन् । अर्को टोली एपिएफ भने अंक तालिकाको पुछारमा रहेको छ । सातौं चरणको समाप्तीमा ४ मध्ये माथिल्लो स्थानमा रहने टोलीले एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्नेछ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]