9 years ago
November 21, 2016
काठमाडौं (हाम्रो खेलकुद)– सुन्दा अचम्म लाग्न सक्छ, अखिल नेपाल फुटबल संघ (एन्फा)ले कुनै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि पहल गरेन भने एएफसी सोलिडारिटी कप विजेता नेपाली राष्ट्रिय टोलीका लागि आउने एक वर्ष कुनै खेल वा प्रतियोगिता छैन ।

बीचमा मैत्रीपूर्ण नभएकामा राष्ट्रिय टोलीले अब खेल्ने भनेको २०१७ को डिसेम्बरमा मा बंगलादेशमा आयोजना हुने साफ च्याम्पिएनसिपसम्म कुर्नुपर्ने हुन्छ । त्यसबाहेक, बंगालदेश फुटबल संघले आयोजना गर्ने भनिएको बंगबन्धु गोल्डकपको २०१७ को संस्करणमा नेपालको सहभागिता जनाउन सम्भावना छ । तर नेपाल साविक विजेता रहेको त्यो प्रतियोगिता हुने नहुने अझै टुंगो लागेको छैन । नेपाली टोलीले सोलिडारिटी अघि जापानी प्रशिक्षक ग्याटुको कोजीको नियुक्ति पछि जम्मा दुइ मैत्रीपूर्ण खेल खेलेको थियो ।
एन्फाले राष्ट्रिय टोलीलाई हरेक महिनामा एक खेल खेलाउने भनिएपनि त्यसमा एन्फा असफल भएको थियो । तर, अबको समयमा राष्ट्रिय टोलीलाई मैत्रीपूर्ण खेलहरुमा सहभागी गराउन नसकेमा टोलीको साफ जित्ने सपना, सपनामै सिमित हुन सक्छ । दक्षिण एसियालीको सबैभन्दा प्रतिष्ठित साफ च्याम्पियनसिप नेपालले अहिले सम्म जित्न सकेको छैन । सेमिफाइनल सम्म पुग्नुनै साफ च्याम्पियनसिपमा नेपालको अहिले सम्म उच्च प्रदर्शन हो ।
साफको तयारीको लागि अहिले देखि योजना तयार गर्ने र सोहि अनुसार अघि बढ्न सके साफ च्याम्पियनसिपमा उपाधिको आशा गर्न सकिन्छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]