default_image

4 years ago

December 18, 2021

जावलाखेलको पहिलो जितमा च्यासलको हार

149 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जावलाखेल युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकाल्दा च्यासल युथ क्लबलाई पराजित गरेको छ ।

पहिलो हाफमा निकोसल फर्नान्डेसले गरेको गोल नै जावलाखेलको जितमा निर्णायक बन्यो । जारी लिगमा जावलाखेलको यो पहिलो गोल समेत हो । यसअघिका चार खेल खेलमा जावलाखेलले गोल गर्न सकेको थिएन । टोलीले लिगको चौथो चरणसम्म चार गोल बेहोर्दा कुनै गोल गर्न सकेको थिएन ।

जावलाखेलले पहिलो र दोस्रो खेलमा मनाङ र पुलिससँग समान १–० ले पराजित हुदा तेस्रो खेलमा मछिन्द्रसँग २–० ले पराजित हुदा चौथो खेलमा बिबिसीसँग गोलरहित बराबरी खेलेको थियो ।

त्रिपुरेश्वरस्थित दरशथ रंगशालामा शनिबार भएको खेलको ३२औं मिनेटमा ओनगना एन जुनियरको एकल प्रयासलाई च्यासलका गोलरक्षक अर्पण कार्कीले अघि बढ्दै बचाउँदा जावलाखेल अग्रता लिनबाट चुक्यो । उनले पेनाल्टी बक्समा सुवर्ण अवसर पाएपनि प्रहार गर्न ढिला गरेका थिए ।

३७औं मिनेटमा भारतीय निकोलस फर्नान्डेसले गोल गर्दै जावलाखेललाई १–० को अग्रता दिलाएका हुन् । डिफेन्डर यान्निक केट्चाबाट बल खोस्दै ओनगना एन जुनियरले पेनाल्टी बक्सभित्र उपलब्ध गराएको बललाई अनमार्क रहेका निकोलसले सहजै फिनिस गरेका थिए ।

४४औं मिनेटमा यान्निक केट्चाको फ्रिकिकमा सब्सिच्युट फरवार्ड विकास मेराग्लियाको हेडरलाई गोलरक्षक टिकेन्द्र सिहं थापाले पञ्च गर्दै बचाए । ६६औं मिनेटमा राजीव लोप्चनको पासमा कर्ण लिम्बुको पेनाल्टी बक्सभित्रको प्रहार दोस्रो बार च्याप्दै बाहिरिदा च्यासल बराबरीबाट चुक्यो ।

७४औं कर्ण लिम्बुको प्रहार गोलरक्षक टिकेन्द्र सिंह थापाले मुस्किलले नियन्त्रणमा लिदा च्यासल बराबरीबाट चुक्यो । ७७औं मिनेटमा ओनगुना एन जुनियरले आँफै प्रहार गर्नुपर्ने बललाई पास दिदा रुपबहादुर लामाले छाडेको बलमा सुरज ज्यु ठकुरीको प्रहार क्रसबारमा लाग्दै बाहिरिदा जावलाखेल अग्रता दोब्बर पार्नबाट चुक्यो ।

जितसँगै जावलाखेलले ५ खेलबाट ४ अंक जोडेर १०औं स्थानमा उक्लदै रेलिगेसन जोन छाडेको छ । जावलाखेलले च्यासल, फ्रेन्ड्स र हिमालयन शेर्पालाई पछि पारेको हो । हारसँगै च्यासल ५ खेलबाट ४ अंक जोडेर ११औं स्थानमा झरेको छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.