4 years ago
December 18, 2021
काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जितपछि स्वभाविक रुपमा खुसी लागेको जावलाखेल युथ क्लबका प्रशिक्षक किशोर केसीले बताएका छन् । लिगको आफ्नो पाँचौं खेलमा शनिबार च्यासल युथ क्लबलाई १–० ले हराउँदै जावलाखेलले पहिलो जित दर्ता गराएको छ ।

‘पहिलो जित हो । खुसी हुनु स्वभाविक हो । यो जितले टिमको हौसला बढेको छ । जितले खेलाडीमा परिवर्तन आउन सक्छ । यसअघि गोल निस्केको थिएन । गोल नहुँदा दबाब थपिन्छ’, केसीले भने,‘ गोल निस्केको छ । यसले दबाब केहि पक्कै कम भएको छ । गोल हान्न सक्छ भन्ने प्रमाणित भएको छ ।’
अघिल्लो खेलमा बराबरी खेलेको जावलाखेलको ५ खेलमा ४ अंक पुगेको छ । केसीले अहिले नै कुन टोली रेलिगेसनमा पर्छ अहिले नै अनुमान गर्न कठिन हुने बताए । ‘६-७ खेल नसकेसम्म यहि टिम झर्छ भन्न सकिन्न’, आफ्नो टोलीको लक्ष्यका बारेमा उनले थपे,‘ हामी रेलिगेसनमा पर्ने टोली त होइनौं । चौथो सम्म हुने भन्ने लक्ष्यका साथ आएका हौं । विश्वास छ राम्रो खेल्दै दर्शकलाई खुसी पार्दै अघि बढ्नेछौं ।’
च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले दुवै टोलीका लागि महत्वपूर्ण खेल भएपनि आफ्नो टोलीको प्रदर्शन सन्तोषजनक हुन नसकेको बताए । उनले भने ‘पहिलो हाफमै गल्तिले गोल खायौं, खेलाडीको कमिटमेन्टमा पनि कमी भइरहेको । यो भन्दा राम्रो गर्न सक्थ्यौं। महत्त्वपूर्ण खेल थियो हाम्रो लागि र जावलाखेलका लागि पनि । पहिलो हाफमा गल्तिमा गोल खायो ।’
युवा खेलाडीले सोचे अनुरुपको प्रदर्शन गर्न नसकेको साहुखलले दोहोर्याए । ‘खेलाडीलाई नयाँ चिज लिन गाह्रो भएको पनि होला । यानिक चोटग्रस्त हुँदाहुँदै खेलायौं’, उनले थपे,‘ अनुभवी खेलाडी कर्ण लिम्बुलाई खेलाउँदा केहि सुधार त देखियो । तर युवा खेलाडीले धेरै गर्न बाँकी छ ।’

३७औं मिनेटमा भारतीय निकोलस फर्नान्डेसले गोल गर्दै जावलाखेललाई १–० को अग्रता दिलाएका हुन् । डिफेन्डर यान्निक केचाबाट बल खोस्दै ओनगना एन जुनियरले पेनाल्टी बक्सभित्र उपलब्ध गराएको बललाई अनमार्क रहेका निकोलसले सहजै फिनिस गरेका थिए । त्यहि गोल खेलको निर्णय बन्यो र जावलाखेलले पहिलो जित हालि गर्यो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]